देश

गत २४ घण्टामा ३८१ जनामा कोरोना पुष्टि, १३० डिस्चार्ज

काठमाडौं। सोमबार ३८१ जना कोरोना संक्रमित थपिएसंगै नेपालमा संक्रमितको संख्या २१ हजार ३ सय ९० पुगेको छ । गत २४ घण्टामा १३० जना कोरोना संक्रमित निको भएर अस्पतालबाट डिस्चार्ज भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता पा.डा जागेश्वर गौतमले नियमित पत्रकार सम्मेलनमार्फत जानकारी दिए । सक्रिय संक्रमितको संख्या ६ हजार १ सय ७४ जना छन ।

गत २४ घण्टामा काठमाडौं उपत्यकामा ६१ जना संक्रमित थपिएका छन । जसमध्ये काठमाडाै‌ंमा ५७ र ललितपुरमा ४ जना स‌ंक्रमित थपिएका छन ।
हलासम्म कोरोनालाई जितेर हालसम्म १५ हजार १ सय ६५ जना डिस्चार्ज भएका छन । नेपालमा कोरोना निको हुनेको दर ७०.८ प्रतिशत रहेको छ । क्वारेन्टाइनमा ९ हजार ९ सय २५ भन्दा बढी रहेको मन्त्रालयले जनाएको छ । गत २४ घण्टामा ६ हजार ३ सय ५९ जनको पीसीआर परिक्ष गरिएको जनाइएको छ ।
नेपालमा ४ लाख १२ हजार ९ सय ७३ जनाको पीसीआर विधिबाट परिक्षण गरिएको प्रवक्ता गौतमले जानकारी दिए ।
खोटाङ, धनकुटा,भोजपुर,संखुवासभा, मनाङ, मुस्ताङ र रुकुमा पश्चिम गरी ७ जिल्ला कोरोना संक्रमणमुक्त जिल्ला बनेका छन । पर्सा,रौतहट, महोत्तरी र कैलालीमा पाँच सय भन्दा बढी संक्रमित उपचाररत छन ।
कोरोनाका कारण मृतकको संख्या ६० पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । गत २४ घण्टामा काठमाडौं उपत्यकामा ६१ जना संक्रमित थपिएका छन ।

कुन प्रदेशमा कति सक्रिय संक्रमित ?
प्रदेश नम्बर १ मा ३१२, प्रदेश नम्बर २ मा २६२२, बागमतीमा ७८५, गण्डकीमा २७२, प्रदेश नम्बर ३४०, कर्णाली प्रदेशमा २९२ र सुदुरपश्चिम प्रदेशमा १५५१ सक्रिय संक्रमित भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *