मुख्य समाचार

प्रधानमन्त्री ओलीलाई प्रतिपक्षी दलका नेता देउवाको यस्तो सुझाव !

काठमाडौं । समुदायमा कोरोना संक्रमणको स्तर हेरेर मुलुकमा पुनः लकडाउन लगाउने वा नलगाउने निर्णय लिन प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रमुख प्रतिपक्षी दलका नेता तथा कांग्रेस सभापति शेरबहादुर देउवाले सुझाव दिएका छन् । प्रधानमन्त्री ओलीले मंगलबार स्वास्थ्यविज्ञसहितको राजनीतिक दलका नेतासँग आयोजना गरेको छलफलमा प्रमुख प्रतिपक्षी दलका नेता देउवाले प्रधानमन्त्री ओलीलाई यस्तो सुझाव दिएका हुन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको एक्लो प्रयासले मात्रै कोरोना नियन्त्रण नहुने बताएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा स्वास्थ्यविज्ञ र विभिन्न राजनीतिक दलका नेताहरूसँगको छलफलमा प्रधानमन्त्री ओलीले भने, ‘संकटलाई विरोध गर्ने अवसरका रूपमा नलिन म आग्रह गर्छु ।’

प्रधानमन्त्री ओलीले छलफलमा कोभिड नियन्त्रणका लागि सरकारले गर्ने कामले मात्र नपुग्ने भन्दै जनतामा चेतना जति बढाउन सक्यो कोरोनासँग लड्न त्यति सजिलो हुने धारणा राखेका थिए ।

बैठकमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव महेन्द्र गुरागाईंले सरकारले प्रतिदिन १८ हजार व्यक्तिको परीक्षण गर्न सक्नेगरी ल्याबको स्थापना गरिएको र हालसम्म ४ लाखको पीसीआर विधिबाट कोरोना भाइरसको परीक्षण गरिएको जानकारी दिएका छन् ।

कोरोना भाइरसको संक्रमण रोकथाम तथा नियन्त्रणबारे प्रधानमन्त्री ओलीले विज्ञहरूसँग परामर्श गरेका हुन् । प्रधानमन्त्री निवास बालुवाटारमा जारी छलफलमा प्रमुख प्रतिपक्षी दल कांग्रेसका सभापति शेरबहादुर देउवा र जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर पनि सहभागी रहेका थिए ।

हेर्नुहाेस सभापति देउवाकाे ७ बुँदे सुझाव

Image may contain: text that says 'नेपाली कांग्रेस कार्यालय श्रावण २०७७ हालसम्मका प्रधानमन्त्रीले बोलाउनु भएको आजको बैठकमा नेपाली सभापति शेरबहादुर देउवाले राख्नु भएको बुंदे सुभाव भएको अनियमितता कांग्रेसले अन्त्य गरेर सामग्रीको आइसोलेसन गरि रेमडिसिभरको आयातमा तदारुकता अत्यावश्यक भेन्टिलेटरको क्वारेन्टाइनहरको विदेशमा अप्ट्यारोमा परेका नेपालीको पुऱ्याउने नेपालीको सुरक्षाका ब्यवस्थापन क्वारेन्टाइन परिक्षण घर सिमानाको आवागमनमा सम्पूर्ण चेतनामूलक सिमा सिल परिस्थिति अनुरुपका रणनीति निर्माण रणनीतिको लागि तदारुकता राखियोस् माध्यमका नियमित रुपले गरियोस| मध्यम जोखिम गार्ने प्रवृत्ति आमरण भिन्नरणनीति निर्माण बसेका युवाहरुको भावना गरेर तर्जुमा कार्यान्वयन व्यवस्थित गरियोस्। Lഗuda कष्णप्रसाद'

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *