काठमाडौं । सीमा सुरक्षामा खटिएका सशस्त्र प्रहरीमा कोरोना भाइरसको संक्रमण बढ्दै गएको छ । मुलुकभर कोरोना भाइरस संक्रमणदर बढेसँगै सशस्त्र प्रहरी बलका १ सय ३१ जनामा कोरोना संक्रमण बढ्दै गएको हो । सशस्त्र प्रहरी बलका प्रवक्ता डिआइजी राजु अर्यालका अनुसार कोरोना भाइरस संक्रमितमा एक डिएसपीसहित काठमाडौका १ जना, बाराका १, झापाका ३३ र अन्य सबै इलामका रहेका छन् ।
सशस्त्र प्रहरीले संक्रमित भेटिएका व्यारेक सिल गरेको छ संक्रमितको उपचारसँगै उनीहरुको सम्पर्कमा आएकाहरुको कन्ट्याक ट्रेसिङ सुरु गरिएको छ । अहिलेसम्म सशस्त्र प्रहरीका संक्रमितमध्ये ६८ जना डिस्चार्ज भइसकेका छन् । अन्यको उपचार भैरहेको छ । लकडाउन खुलेसँगै सुरक्षा निकायमा कोरोनाको संक्रमण बढेको हो । यसको मार सबैभन्दा बढी नेपाल प्रहरीका परेको छ भने सशस्त्र प्रहरीपनि अछुतो रहन सकेको छैन । झापा र इलाममा सबैभन्दा बढी संक्रमित भेटिएका छन् ।




