काठमाडौं । सत्तारुढ नेपाल कम्युष्टि पार्टी (नेकपा) का दुई अध्यक्षबीच सोमबार भएको वार्ता पनि कुनै ठोस सहमति हुन सकेन । आइतबारको बैठक सकारात्मक भएको दाबी गरिए पनि सोमबार बिहान बालुवाटारमा भएको प्रधानमन्त्री समेत रहेका अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको वार्तामा कुनै सहमति हुन सकेन ।
नेकपाका अध्यक्षद्वय ओली र प्रचण्ड दुबै आ–आफ्नो अडानमा रहेकाले बैठकबाट कुनै सहमति हुन नसकेको हो । ओलीले सबै विवाद केन्द्रीय सचिवालयलबाट मिलाएर मात्रै स्थायी कमिटीमा जान प्रस्ताव गरेका थिए । तर अर्का अध्यक्ष प्रचण्ड र नेता झलनाथ खनालले भने सचिवालयमा जानु अघि विवाद टुंग्याउनु पर्ने अडान राखे ।
उनीहरुले स्थायी कमिटी हाल स्थगित भएको अवस्थामा त्यहाँ पनि ठोस प्रस्ताव लैजानु पर्ने बताईको छ । त्यसपछि कुनै निर्णयमा नगरी वार्ता सकिएको थियो ।




