काठमाडौं । नेपाली कांग्रेस १३ औं दक्षिण एसियाली खेलकुद (साग) प्रतियोगितामा स्वर्ण पदक विजेता खेलाडीलाई नगदसहित सम्मान ग-यो । नेपाली कांग्रेस खेलकुद विभागले आयोजना गरेको कार्यक्रममा पार्टी सभापति शेरबहादुर देउवाले पदक विजेता खेलाडीलाई नगद र सम्मानपत्र हस्तान्तरण गरे ।
एउटा स्वर्ण पदक विजेता खेलाडीलाई १५, दुईवटा स्वर्ण जित्नेलाई २० र त्योभन्दा बढी स्वर्ण जित्नेलाई २५ हजार नगदसहित सम्मानपत्र सभापति देउवाले खेलाडीहरुलाई हस्तान्तरण गरेका थिए । सागमा ८० खेलाडी जना नेपाली खेलाडीले स्वर्ण पदक जितेका थिए ।
सम्मान कार्यक्रममा नेपाली कांगे्रस खेलकुद विभाग प्रमुख तथा पूर्व सञ्चार तथा प्रविधि मन्त्री मोहनबहादुर बस्नेतले खेलकुदमै जीवन कुर्वानी गरेर खेलाडीलाई राज्यले उपेक्षा गरेको छ, खेल जीवनबाट अवकास पाएपछि खेलाडीलाई राज्यले सम्मानित जीवन बिताउने आधार तय गर्नुपर्ने बताए । ओलम्पिक कमिटीले राज्य अनुमति बिना विदेशी सहयोग स्वीकार गर्ने व्यवस्थाले मुलुकमा भ्रष्टाचार मौलाउने भन्दै पूर्वमन्त्री बस्नेतले गम्भीर आपत्ति जनाए ।
कार्यक्रममा महामन्त्री पूर्णबहादुर खड्का, सहमहामन्त्री डा. प्रकाशशरण महत, संगठन विभाग प्रमुख गोपालमान श्रेष्ठ तथा राष्ट्रिय खेलक्ुद परिषद्का सदस्यसचिव रमेश सिलावाललगायतको उपस्थिति थियो ।




