काठमाडौं । नेकपाको आन्तरिक विवाद सहमति जुटाउने एक महिनादेखिको प्रयास निरन्तर असफल भएपछि शक्ति–परीक्षणमा परिणत भएको छ । पार्टीको स्थायी कमिटी बैठक स्थगित वा सञ्चालनमा दुई समूहबीच विवाद भएपछि अहिले दुवै पक्ष शक्ति परीक्षण्को दौरानमा रहेका छन् ।
सहमति नभएपछि अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपाल समूहका बहुमत सदस्यले बैठक गरे । तर, प्रधानमन्त्रीनिवास बालुवाटारमा भएको बैठक प्रधानमन्त्री तथा अध्यक्ष केपी ओली समूहका नेताले बहिष्कार गरे । ओली समूहले बैठकको मान्यता दिएन भने दाहाल नेपाल समूहले त्यसलाई बैठक बताउदै आएको छ । त्यसयता अहिले नेताहरुवीच सम्वाद हिनताको अवस्था रहेको छ ।
यसअघि १९ असारमा ओलीनिकट नेताहरूले मध्यरातसम्म करिब सात घन्टा उपाध्यक्ष गौतमसँग उनकै निवास भैँसेपाटीमा छलफल गरेका थिए ।
नियमित एजेन्डामा प्रवेश नगरी छलफल सकिए पनि ओलीको असहमतिबीच सम्पन्न स्थायी कमिटीको बैठकपछि नेकपाको शक्ति–संघर्ष नयाँ चरणमा प्रवेश गरेको छ । स्थायी कमिटी बैठक सुचारु गर्ने गरी छिट्टै नयाँ सहमति नभए अल्पमत–बहुमतको शक्ति–परीक्षणका लागि केन्द्रीय कमिटी र संसदीय दलतिर शक्ति–संघर्ष उन्मुख हुने ढोका खुलेको छ । यससँगै नेकपा नेताहरूले विभाजन हुन नदिन गम्भीरतासाथ होसियारी अपनाउनुपर्नेमा जोड दिएका छन ।
प्रधानमन्त्री एवं अध्यक्ष ओलीको एकल निर्णयमा मंगलबारको बैठक स्थगित गरेपछि असन्तुष्ट बनेको दाहाल–नेपाल समूहले बालुवाटारमै बैठक गरेर विवादलाई झन जटीलतातिर लगेको केही नेताहरले बताउदै आएका छने । बहुमत सदस्य बालुवाटारमा भेला गरेर प्रचण्ड–नेपाल समूहले ओली समूहमाथि दबाबको राजनीति बनाएको भएपनि त्यसले पार्टीलाई दुई चिरा बनाउन मद्दत गरेको स्रोतको दावी छ ।
एक व्यक्ति एक जिम्मेवारीको नीति लागू गर्न प्रधानमन्त्री ओलीलाई एक पद छाड्न दबाब दिँदै आएको प्रचण्ड–नेपाल समूहले बहुमत सदस्यहरूको बैठक सम्पन्न गरेर बैठक स्थगित गर्ने ओलीको कदमको आलोचना गरेको छ । मंगलबार प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकारले सामाजिक सञ्जालमार्फत बैठक स्थगित भएको सूचना बाहिर ल्याएर पार्टीका शीर्ष नेताहरु समेत चिढिए ।
मंगलबारदेखि शुक्रबार विहानसम्म आइपुग्दा नेताहरुबीच सम्वाद समेत नहुनुले विवाद सुल्झने भन्दा बल्झने मोडतर्फ उन्मुख भएको नेताहरुले जनाएका छन् । नेकपाका दोस्रो तहका नेताहरू घनश्याम भुसाल, शंकर पोखरेल र योगेश भट्टराईले पार्टीलाई विभाजनतर्फ जान नदिन निर्णायक अग्रसरता लिने समझदारी गरेका भएपनि उनीहरु पनि यो तीन दिन यता मौन देखिएका छन् । मंगलबार बालुवाटारमा बहुमत स्थायी कमिटी सदस्यको बैठक सुरु हुनुअघि कृषिमन्त्री भुसालको कार्यकक्षमा भेला भएका तीन नेताले त्यस्तो समझदारी गरेका थिए ।
बालुवाटारमै बहुमत स्थायी कमिटी सदस्यहरूको बैठकपछि असहज महसुस गरेका प्रधानमन्त्री ओलीलाई साथ दिँदै गौतमले उनले प्रधानमन्त्री र अध्यक्ष दुवैमा निरन्तरता पाउनुपर्ने भन्दै सहमतिको ६बुँदे प्रस्ताव प्रस्तुत गरेका थिए । यसअघि १९ असारमा ओलीनिकट नेताहरूले मध्यरातसम्म करिब सात घन्टा उपाध्यक्ष गौतमसँग उनकै निवास भैँसेपाटीमा छलफल गरेका थिए । गौतमले एकाएक ओलीलाई साथ दिएपछि गौतमलाई भेट्न ओली आफै भैसेपाटी समेत पुगेका थिए ।




