काठमाडौं। नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले लोकतान्त्रिक व्यवस्थामाथिको प्रहार कांग्रेसका लागि सैह्य नहुने बताएका छन ।
नवप्रवेशीहरुलाई स्वागत गर्दै सभापति देउवाले प्रजातान्त्रिक शक्तिसंग अत्तालिएर कम्युनिष्टहरुले व्यवस्थामाथि नै प्रहार गरेको बताएका हुन ।
वर्तमान चुनौतिको सामना गर्न प्रजातान्त्रिक शक्ति एकजुट भएर अघि बढ्नुको विकल्प नभएको सभापति देउवाको धारण थियो । कम्युनिष्ट नेतृत्वको सरकारले प्रेश स्वतन्त्रता र व्यक्तिगत स्वतन्त्रता कुण्ठित गरेको भन्दै देउवाले आपत्ति प्रकट गरे । सरकारले फोन ट्यापिङ गरेर व्यक्तिगत गोपनियता समेत भंग गरेको भन्दै सभापति देउवाले आक्रोश पोखे ।

नेपाली कांग्रेसमा प्रवेश गरेका राप्रपाका तत्कालिन महामन्त्री सुनिल बहादुर थापा कर्मयोगी र राज्यले पत्याएको नेता कांग्रेसमा प्रवेश गरेकोमा खुसी व्यक्त गरे ।
सभापति देउवाले आफू प्रधानमन्त्री हुँदा सुनिल थापा एउटै क्याविनेटमा भएकाले उनको कार्यकौशलताबाट आफू प्रभावित भएको बताए । सभापति देउवाले सुनिल थापालाई पार्टीको सहमहामन्त्रीको जिम्मेवारी सुम्पदै आफ्नै पार्टी ठानेर आजैकै दिनबाट कार्य गर्न नवप्रवेशीहरुलाई आग्रह गरे ।
पार्टी प्रवेश गर्दै थापाले भने मेरा पुज्य वुवा ज्यू स्व .पूर्वप्रधानमन्त्री सूर्य बहादुर थापाको धारणा चाहना–राष्ट्रिय राजनीतिमा प्रजातान्त्रिक धार सवल र सशक्तहुनु पर्दछ अनि मात्र सबै खाले अधिनायकवाद परास्त हुन्छन भन्दै उहाँले राप्रपालाई वैकल्पिक प्रजातान्त्रिक शक्ति वनाउन चाहनु भएको तर उहाँको निधन पश्चात राप्रपाले वैकल्पिक प्रजातान्त्रिक शक्तिको सट्टा बैकल्पिक अधिनायकवादी शक्ति वन्ने बाटो लिएको हुँदा आफू पार्टी परित्याग गर्न बाध्य भएको बताए ।





