काठमाडौं । गत शनिबार राष्ट्रिय प्रजातन्त्र पार्टी परित्याग गरेका पूर्वमन्त्री सुनीलबहादुर थापा मंगलबार दलबलसहित नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । नेपाली कांग्रेसको पार्टी कार्यालयमा आयोजित कार्यक्रममा सभापति शेरबहादुर देउवाले सदस्यता दिनु भएको थियो भने कार्यक्रमलाई वरिष्ठ नेता रामचन्द्र पौडेलले सम्बोधन गर्नुभएको थियो । उपसभापति विमलेन्द्र निधिले स्वागत गर्नुभएको थियो ।

राप्रपाका प्रभावशाली नेता थापासहित पार्टी परित्याग गरेका रामकृण भट्टराई, विष्णुबिक्रम थापा, बाबुराम बस्नेत, गिरिजालाल यादव, दिलिप राई, राज्यलक्ष्मी श्रेष्ठ, चतुरमान विश्वकर्मा, रामप्रताप शाह, सुरेश बस्नेत, प्रतिमा राणा क्षेत्री, टिकाजंग थापा, नारायण राउत र ईन्द्रबहादुर तामाङ पनि काँग्रेसमा प्रवेश गरेका छन् ।
कोरोनाको महामारीका कारण सबै काठमाडौ आउन सम्भव नभएकाले आज स्वागत कार्यक्रममा १४ जना नेता काँग्रेसमा प्रवेश गरेका र अन्य जिल्लाबाटै प्रवेश गर्ने बताइएको छ ।





