राजनीति

ओलीले स्थगित गरेको स्थायी कमिटी बैठक दाहालको अध्यक्षता बस्यो

काठमाडौं । पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले आजका लागि तय भएको स्थायी कमिटी बैठक स्थगित गरे पनि अर्का अध्यक्ष पुष्पकमल दाहालको अध्यक्षतामा प्रधानमन्त्री निवास बालुवाटरमा बसेको छ । बैठकमा प्रधानमन्त्री ओली भने उपस्थित छैनन् ।

बैठकअघि अध्यक्षद्वय ओली र प्रचण्डसँगै वरिष्ठ नेता झलनाथ खनालबीच छलफल भएको थियो । लामो समय स्थगित भएर सुरु भएको बैठकले पार्टी भित्रको विवाद मिलाउने अपेक्षा गरिएको छ ।

यसअघि साउन ६ गते बसेको स्थायी कमिटी बैठक राहत र उद्धारमा जुट्ने प्रस्ताव पारित गर्दै स्थगित भएको थियो । साउन ६ गतेको बैठकमासमेत प्रधानमन्त्री ओली उपस्थित थिएनन् । नेकपा स्थायी कमिटी बैठक पटक–पटक गरेर १० पटक स्थगित भएको छ । मंगलबार ११ बजे बोलाइएको बैठक स्थगित गरेर पौने २ बजे सुरु भएको हो ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *