काठमाण्डौं ।सरकारले राष्ट्रिय खेलकुद परिषद (राखेप)को सदस्य सचिवमा रमेश सिलवाललाई दोस्रो पटक नियुक्त गरेको छ ।सोमबार बसेको मन्त्रिपरिषद बैठकले सिलवाललाई राखेपको सदस्य सचिवमा नियुक्त गरेको हो । सिलवाल अबको चार वर्षका लागि सदस्य सचिव रहनेछन् । समितिले यसअघि तीन जनाको नाम सिफारिस गरेको थियो । सिलवालसँगै लीलबहादुर थापामगर र अन्जु श्रेष्ठको नाम सिफारिस भएको थियो ।
त्यसैगरी मन्त्रीपरिषद बैठकले प्रहरी अतिरिक्त महानीरिक्षकमा निरजबहादुर शाही र प्रधुम्न कार्कीलाई पनि बढुवा गरेको छ । सोमबार साँझ बसेको बैठकले सहसचिव मधुकुमार मरासिनी सचिवमा बढुवा गरेकाे छ । रेडियो नेपालको कार्यकारी निर्देशकमा बुद्धिबहादुर कार्की र समाजकल्याण परिषदको सदस्यसचिवमा पुस्कर खातीलाई नियुक्त गरेको छ ।




