ताजा समाचार

पूर्वमन्त्री जोशीसहित तीन जनामाथि कांग्रेसले चलायो अनुशासनको दण्डा

काठमाडौं । नेपाली कांग्रेसले पूर्वमन्त्री गोविन्दराज जोशी सहित तीन जानामाथि अनुशासनको दण्डा चलाएको छ । अनुशासन समितिले शनिवार विज्ञप्तीमार्फत कारवाहीको जानकारी दिएको हो ।
समितिले पूर्वसहमाहामन्त्री गोविन्दराज जोशी र पूर्वमन्त्री पुष्करनाथ ओझालाई ५ वर्षका लागि पार्टीबाट निश्कासन गर्ने निर्णय गरेको छ । यसै गरी समितिले डडेलधुराका पार्टी सचिव रामबहादुर विष्टलाई ३ वर्षका लागि पार्टीबाट निश्काशन गरेको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *