काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को आन्तरिक विवादमा प्रधानमन्त्री केपी शर्मा ओली र वरिष्ठ नेता आफ्नो अडानमा अडिग रहेपनि अर्का अध्यक्ष पुष्पकमल दाहाल भने अडानमा ढुलुमले देखिएका छन् । आन्तरिक विवाद बढ्दै जाँदा दाहालले ओलीको विरोधमा साथ लिएका सहयात्रीहरुलाई धोका दिदै पूराना अडान कायम गर्न नसक्दा उनको स्वाभाव ढुलमुले देखिएको हो ।
आन्तरिक विवादमा माधव नेपालको साथ पाएका दाहालले एक हप्ता अघिको सचिवालय बैठकमा नेपाललाई साथ नदिई ओलीले ल्याएको मंसिरमा महाधिवेशन गर्ने प्रस्तावलाई साथ दिएपछि उनको अस्थिर चरित्र पुन प्रकट भएको हो । ओलीको दुवै पदबाट राजिनामा दिन्न बरु अन्य विषयमा छलफल गरौ भन्न अडान अहिले पनि यथावत रहेको छ । माधव नेपालले पनि पार्टी विधि, विधान र पद्धति अनुसार सञ्चालन हुनुपर्छ पार्टीमा एक पद एक जिम्मेवारी हुनुपर्छ भन्ने अडान यथावत राखेका छन् ।
दाहालले नेपालकै अडानलाई टेकेर प्रधानमन्त्री राजिनामा माग्ने तर सहमतिचाहि अर्ली महाधिवेशनको प्रस्तावमा सहमति जनाएका थिए । ओलीको प्रस्तावमा दाहालले सहमति जनाएपछि बैठकमै नेपालले दुवै अध्यक्षको चोचोमोचो मिलाएर सहमति गरे आफू विधि पद्धतिको विषयमा देशव्यापी कार्यकर्तामाझ जाने बताएका थिए ।
अध्यक्ष ओलीले तत्काल प्रधानमन्त्री र अध्यक्ष दुबै पद छोड्न नसक्ने भन्दै ‘मंसिरमा अर्ली महाधिवेशन’ बाट अध्यक्ष पद लिन भनेपछि दाहाल फेरिए
दाहालले नेपाल रिसाएको थाहपाएपछि आफ्नो सचिवालय मार्फत कुनै सहमति नभएको भन्दै बचाउ मात्रै गरेनन आफू परिबन्दमा परेको समेत बताएर नेपाल समूहलाई आश्वस्थ पार्न खोजेका थिए ।
सचिवालय सदस्य मध्ये बहुमत सदस्य ओलीको विपक्षमा हुनु, स्थायी कमिटीमा पनि बहुमत ओलीको विपक्षमा हुँदा पनि दाहालले आफ्नो अडानलाई कायम राख्न सकेका छैनन । नेपाल समूहका एक नेताका अनुसार माधव नेपाललाई देखाएर ओलीसँग ‘पावर शेयरिङको वार्गेनिङ’ गर्ने र लाभ लिने काममा लागेका छन् ।
शुरु देखिनै विध विधानको कुरा उठेको थियो । पदलाई पहिलो प्राथमिता नदिएको, माधव नेपालले प्रधानमन्त्री वा अध्यक्ष दुवै पद आफूलाई चाहिदैन भनेर धेरै पटक भनेका कारण पनि अहिले ओली नेपालको अडान कायम भएपनि दाहाल मात्रै आफ्नो अडानमा कामय नभएको चर्चा राजनीतिक वृत्तमा चलेको छ ।
नेपालले पार्टीभित्र विधि र पद्धति हुन्छ त्यस अन्र्तगत आएको एक जिम्मेवारी एक व्यक्तिको विषय अहिले पनि अडानकै रुपमा छ दाँया वाँया गरेका छैनन । माधव नेपालको अडानको बारेमा ओली पक्ष पनि क्लियर छ । उनीहरु माधव नेपालले राखेका विषयमा भन्दा पनि दाहाललाई फकाएर प्रधानमन्त्री र पार्टी अध्यक्ष दुवै पद कायम राख्ने र माधव नेपाल पक्षलाई कर्नर पार्न खोजिरहेका छन् । जुन अहिले पनि त्यही गर्न खोजेका आभाष हुन्छ ।
ओली समूहका नेताहरुले दाहालाई नै मिलाउने क्रममा अर्ली महाधिवेशन गर्ने र एकल अध्यक्ष दिने बताइरहेका बेला दाहालले सचिवालयको बैठकमा महाधिवेशन गर्ने प्रस्तावको समर्थन गरेका हुन् । गत १५ बैसाख २०७७ मा वरिष्ठ नेता नेपाललाई पनि ओलीले ‘अर्ली महाधिवेशन’ कै प्रस्ताव गरेर अध्यक्ष बनाउने बताएका थिए तर माधव नेपालले त्यो विषय अस्वीकार गरे । त्यही प्रस्ताव ओलीलले ३१ असार २०७७ को ‘वान टु वान’ छलफलमा दाहाल समक्ष राखे ।
बालुवाटारमा दुई अध्यक्षबीच भएको छलफलमा अध्यक्ष ओलीले तत्काल प्रधानमन्त्री र अध्यक्ष दुबै पद छोड्न नसक्ने भन्दै ‘मंसिरमा अर्ली महाधिवेशन’ बाट अध्यक्ष पद लिन भनेपछि दाहाल फेरिए । पछिल्लो सचिवालय बैठकमा दुवै अध्यक्षको तर्फबाट आएको प्रस्ताव भन्दै प्रस्तुत गरिएको थियो । विवादको उत्कर्षकै बीचमा पछिल्लो नेकपा सचिवालयमा त्यही प्रस्ताव उही २० वैशाख २०७७ को प्रस्ताव आएपछि ओलीसँग दाहाल सहमत भए । यसलाई नेपाल समूहले दाहाल आफ्नो अडानमा अडिग रहन नसक्ने नेताको रुपमा चित्रण गरेको बताउन थालेका छन् ।




