राजनीति

नेकपा स्थायी समिति बैठक एक साताका लागि स्थगित

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) स्थायी समिति बैठक एकसाताका लागि स्थगित भएको छ । बाढी पहिरो पीडित नागरिकहरुको उद्धार र राहतमा खटिने निर्णय भएकाले स्थायी समितिको बैठक स्थगित गरिएको बताइएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा केहीबेर मात्रै बसेको बैठकले बाढी, पहिरोमा परेकाहरुको उद्धार, राहत र पुनर्स्थापनामा परिचालित हुन नेता कार्यकर्तालाई निर्देशन दिएको छ । बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली भने उपस्थित थिएनन । अर्को बैठक १३ गते बस्ने छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *