ताजा समाचार

सभापति देउवा भन्छन नेपालले आज हिंड्ने मुल बाटो वीपीकै विचार र विश्वासको हो

काठमाडौँ । नेपाली काँग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले पार्टीका संस्थापक नेता विश्वेश्वरप्रसाद कोइरालालाइ  सानो देशको अग्लो ब्यक्तित्व भएको दूरदर्शी राजनेताकाे रुपमा चित्रण गरेका छन । प्रथम जननिर्वाचित प्रधानमन्त्री एवं काँग्रेसका संस्थापक नेता बिपी कोइरालाको ३८ औँ स्मृति दिवसका अवसरमा सभापति देउवाले सानो देशको अग्लो ब्यक्तित्व भएको दूरदर्शी राजनेताकाे रुपमा चित्रण गरेका हुन ।

 सूचना, संचार तथा प्रचार विभागको आयोजना गरेकाे कार्यक्रममा सभापति देउवाले प्रजातान्त्रिक समाजवादको उहाँको विचार आज झनै सान्दर्भिक भएको बताएका छन । नेपालले आज हिंड्ने मुल बाटो वीपिकै विचार र विश्वासको बाटो भएकाे भन्दै सभापति देउवाले वीपीकाे बाटो ईमान्दार ढंगले पछ्याएर मात्रै समृद्धिको लक्ष्य हासिल गर्न सक्ने बताए ।

राष्ट्र माथि संकट आउँदा आफ्नो जीवनको रिस्क लिएर ०३३ सालमा वीपी स्वदेश फर्कनु भएको सभापति देउवाले स्मरण गरे । आज राष्ट्रियताको प्रश्नमा मुलुकमा विशेष छलफल भई रहेका बेला वीपिको विचार र विश्लेषणकै माध्यमबाट हामीले राष्ट्रभित्र राष्ट्रिय एकता र मेलमिलापको भावना साथ समाधान पहिल्याउनु पर्ने उनकाे जाेड थियाे ।
सभापति देउवाले वीपीकाे साहित्यिक याेगदनाकाे समेत चर्चा गरेका थिए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *