ताजा समाचार

नेकपा स्थायी कमिटी बैठक पुन : सर्यो, साउन ६ गते बस्ने

काठमाडौं । आन्तरिक विवादमा रहेको सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी समिति बैठक पुन: सरेको छ।

आइतबार दिउँसो ३ बजेका लागि बोलाइएको बैठक बुधवार ११ बजे सम्मका लागि स्थगित भएको नेकपा केन्द्रीय कार्यालयद्वारा जारी सूचनामा भनिएको छ। असार १० गतेदेखि जारी नेकपा बैठक पकट पटक स्थगित हुँदै आएको छ।

बैठक स्थगित गर्दै दुई अध्यक्षबीच छलफल चलिरहेको भए पनि सहमतिको विन्दु फेला परेको छैन। दाहाल, नेपालले ओलीले प्रधानमन्त्री र अध्यक्ष दुवै पदबाट राजीनामा दिनु पर्ने बताउँदै आएका छन् भने ओलीले राजीनामा बाहेक सबै विषयमा छलफल गर्न सकिने बताउँदै आएका छन्।

https://scontent.fktm8-1.fna.fbcdn.net/v/t1.15752-9/107958437_333785191125358_1938164542925526063_n.jpg?_nc_cat=102&_nc_sid=b96e70&_nc_ohc=d6tm-Wisy5oAX90l4dA&_nc_ht=scontent.fktm8-1.fna&oh=904bd6c798b3cea6b460ac0da629cd5f&oe=5F3A8427

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *