ताजा समाचार

सत्तारुढ दल नेकपाको विवाद नयाँ मोडमा : मंसिरमा महाधिवेशन गर्न ओलीको प्रस्ताव

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी -नेकपा_ भित्रको विवादमा प्रधानमन्त्री केपी शर्मा ओलीले नयाँ फण्डा फ्याकेर आफ्नो बचाउ गरेका छन् । शनिबार साँझ बसेको सचिवालय बैठकमा मंसिरमा महाधिवेशन गर्ने प्रस्ताव गरेर ओलीले नयाँ फण्डा फ्याकेका हुन् । शीर्ष नेताहरुवीच आन्तरिक विवाद चर्कदै गएपछि शनिवार बसेको सचिवालय बैठकमा प्रधानमन्त्री एवं पार्टी अध्यक्ष ओलीले मंसिरमा महाधिवेशन गर्ने प्रस्ताव गरेको स्रोतले जनाएकाे छ । उनले महाधिवेशन मंसिरमा गर्ने प्रस्ताव गरेपछि अन्य नेताहरु पार्टी सदस्यता विस्तार, नविकरण र जिल्ला अधिवेशनहरु कति हदसम्म सकिन्छ संभव छकि छैन यो विषयमा छलफल गरौ भनेका थिए । ‘एकताको महाधिवेशन मंसिरमै गरौ महधिवेशनबाट पार्टीको समस्या समाधान गरौ’, प्रधानमन्त्री ओलीको भनाई उद्यृत गर्दै स्रोतले भन्यो ।

प्रधानमन्त्री ओलीबाट सो प्रस्ताव आएपछि वरिष्ठ नेता माधवकुमार नेपालले महाधिवेशन मंसिरमा गर्ने वा अन्य कुन समयमा गर्ने हो त्यो बारेमा लिखित गरौ पहिलाको जस्तो टियर ग्यास हानेको, क्षेप्यास्त्र प्रहार गरेको भनेर यसलाई उडाउने कुरा गर्नु भएन के के गर्ने सबै लिखित रुपमा गरौ भनेका थिए । ‘ठिक छ महाधिवेशन तपाईले भनेकै समयमा गरौ यो विषयमा छलफल अघि बढोस तर अहिले एउटा मिति भन्ने त्यसको भोलिपल्ट यो त अर्को टियर ग्यास हानेको भने भन्ने कुरा हुन्छ त्यसकारण जहिले जे सहमति गर्ने हो त्यसको लिखित गरौ तर दुवै जना अध्यक्षले चोचोमोचो मिलाएर कोही कसैलाई कर्नरमा पार्ने काम नगरौ’, नेता नेपालको भनाई उद्यृत गर्दै स्रोतले भन्यो । उनले दुवै अध्यक्षको चोचो मिलाएर कर्नरमा पार्ने काम भए आफू कार्यकर्ताको माझमा जान तयार रहेको समेत बताएका थिए । ‘नेतृत्व परिवर्तन यति चाडै गर्ने हो भने केन्द्रीय कमिटीको बैठबाट किन नगर्ने यति छिटै महाधिवेशन संभव छैन यदि तपाईको चाहाना नेतृत्व परिवर्तन गर्न सकिन्छ भन्ने हो भने स्थायी कमिटीको बैठकमा प्रस्ताव गरौ केन्द्रीय कमिटीको बैठकबाट अनुमोदन गरौ’, शीर्ष नेताहरुले ओलीलाई भनेका थिए । र्टीभित्र देखिएको विवाद समाधानका लागी चार घण्टा लामो बसेको सचिवालयको वैठकमा कुनै ठोस सहमती भने हुन् सकेन् ।

सचिवालय बैठकमा पनि कुनै सहमति जुट्न नसकेको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए। प्रधानमन्त्री निवास बालुवाटारमा संचारकर्मीहरुग कुरा गर्दै प्रवक्ता श्रेष्ठले बैठकमा पार्टीको आन्तरिक विवाद कसरी हल गर्ने भन्ने विषयमा छलफल भएको तर ठोस सहमति भने नभएको उनले बताए । उनले सचिवालय बैठकमा पार्टी एकतालाई रक्षा र सुदृढ गर्ने र जनादेश बमोजिम काम गर्ने गरी थप छलफल गर्ने सहमति भएको बताए। प्रवक्ता श्रेष्ठले आइतबारका लागि बोलाइएको स्थायी समितिको बैठक तोकिएकै समयमा बस्ने सहमति भएको बताए। श्रेष्ठले बैठकमा दुवै अध्यक्षले अहिलेको संकटको सहमतिका आधारमा निकास दिने र जनताले दिएको जिम्मेवारी पूरा गर्ने बताएको उनले जानकारी दिए । पार्टी एकतालाई रक्षा र सुदृढ गर्ने र आजको नेपाली समाजको आवश्यकतालाई जनताको जनादेशअनुसार काम गर्ने गरी थप छलफल गर्ने सहमति बनेको श्रेष्ठको भनाई थियो ।

बैठकमा भोली स्थायी समितिको वैठकलाई जारी राख्ने सहमति समेत भएको छ ।सचिवालय वैठकपछि प्रधानमन्त्री केपी शर्मा ओली र अध्यक्ष प्रचण्ड राष्ट्रपति निवास शितलनिवास पुगेका थिए । उनीहरु एक घण्टापछि शितल निवासबाट फर्केका थिए । सचिवालय बैठक अघि नेकपा शीर्ष नेता शनिबार बिहानैदेखि छलफलमा सक्रिय थिए । कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ निवास खुमलटारमा बिहानै दुई घण्टासम्म सचिवालयका पाँच सदस्य छलफलमा जुटेका थिए । खुमलटार छलफलमा अध्यक्ष प्रचण्ड, वरिष्ठ नेताद्वय झलनाथ खनाल र माधव नेपाल, उपाध्यक्ष वामदेव गौतम र प्रवक्ता नारायणकाजी श्रेष्ठ सहभागी थिए । गृहमन्त्रीसमेत रहेका अर्का सचिवालय सदस्य रामबहादुर थापा ‘बादल’ भने उक्त छलफलमा गएनन् । त्यसैगरी सचिवालय बैठक अगाडि प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी ओली, अर्का अध्यक्ष ‘प्रचण्ड’बीच बालुवाटारमा छलफल भएको थियो । उक्त छलफलमा पार्टी महासचिव विष्णु पौडेल र नेता जनार्दन शर्मासमेत सहभागी थिए । खुमलटार र बालुवाटारका दुवै छलफल सचिवालय बैठकका एजेन्डामा केन्द्रित भएका थिए ।

असार १० गतेदेखि सुरु भएको स्थायी कमिटी बैठकमा नेताहरुबीच चर्को शक्ति संघर्ष देखिएपछि स्थायी कमिटी बैठक कसरी टुंग्याउने भन्ने विषयमा छलफलका लागि सचिवालय बैठक बोलाइएको थियो । पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री ओलीलाई दुवै पदबाट राजीनामा दिन अर्का अध्यक्ष प्रचण्ड समूहले चर्को दबाब दिइरहेको छ । प्रधानमन्त्री ओलीले भने तत्काल दुवै पदबाट राजीनामा नदिने अडान दोहोर्याउँदै आएका छन् । दुवै पक्षको अडानकै कारण लामो समयदेखि नेकपा विवादको निष्कर्ष निस्कन सकेको छैन ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *