काठमाडौं। शनिबार ५७ जना कोरोना संक्रमित थपिएका छन । गत २४ घण्टामा १०३ जना कोरोना संक्रमित निको भएर अस्पतालबाट डिस्चार्ज भएका छन ।
नेपालमा हालसम्म कोरोना संक्रमितको संख्या १७ हजार ५ सय २ पुगेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता पा.डा जागेश्वर गौतमले नियमित पत्रकार सम्मेलनमार्फत जानकारी दिए ।
हलासम्म कोरोनालाई जितेर हालसम्म ११ हजार ६ सय २७ जना डिस्चार्ज भएका छन । गत २४ घण्टामा पीसीआर विधिबाट ३ हजार ३ सय ३१ वटा परीक्षण भएको छ । हालसम्म ३ लाख ११ हजार ८ सय २९ जनाको पीसीआर परीक्षण गरिएको छ।
हलसम्म ४० जनाको कोरोनाका कारण मृत्यू भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।




