ताजा समाचार

बाढी पहिरो पीडितलाई राहत वितरण गर्दै पूर्वमन्त्री बस्नेतले भने विपत्तिमा सरकारले जनतालाई साथ दिएन

काठमाडौं। नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्व सूचना तथा सञ्चारमन्त्री मोहनबहादुर बस्नेतले विपत्तिको घडीमा सरकारले जनतालाई साथ नदिएको आरोप लगाएका छन ।
सिन्धुपाल्चोकको जम्बु बाढी पहिरो पीडितलाई राहत वितरण कार्यक्रमा बोल्दै पूर्व मन्त्री बस्नेतले जम्बु बाढी पहिरोमा सरकारले प्रभावकारी ढंगबाट खोजी तथा उद्दार नगरेका कारण अझै बेपत्ता व्यक्तिको लास निकाल्न नसकिएको बताएका छन । पहिरो पीडितलाई विपत्तिमा साथ दिनु पर्नेमा सरकारका व्यक्तिहरु रमिते बनेर फर्किएको पूर्व मन्त्री बस्नेतको आरोप छ ।
पूर्वमन्त्री बस्नेतले बाढी पहिरो पीडितलाई १० लाख ७० हजार नगद राहत हस्तान्तरण गराएका थिए । लो–घोकार परिवारले उपलब्ध गराएको राहत पूर्वमन्त्री बस्नेले पीडितलाई हस्तान्तर गरेका हुन ।

यसै गरी पूर्वमन्त्री बस्नेले जम्बु बाढी पहिरोमा सम्पूर्ण परिवार गुमाएकी छिरिङ गोलेको उच्च शिक्षादेखि जागिरसम्मको व्यवस्था गरिदिने घोषणा गरेका छन । यस अघि  कोरोना भाइरसको संक्रमणबाट पहिलो ज्यान गुमाउने सुत्केरी महिलाको शिशुको लालनपालन,शिक्षदिक्षा र रोजगारीको समेत जिम्मा पूर्वमन्त्री बस्नेतले लिएका छन ।

कोरोना महामारी नियन्त्रणमा अविश्रान्त योगदान गरेका बस्नेतले पूर्वमन्त्री बस्नेतले सिन्धुपाल्चोकमा कार्यरत सम्पूर्ण स्वास्थ्यकर्मीको कोरोना विमा गरिदिएका छन । यसै गरी बस्नेतले सिन्धुपाल्चोक कांग्रेसका ६ सयभन्दा बढी नेता तथा कार्यकर्ताको कोरोना बिमा गरिदिएका छन ।
नेता बस्नेतले लकडाउन सुरुभए लगत्तैदेखि सिन्धुपाल्चोकका अधिकांश स्वास्थ्य संस्थामा माक्स, सेनिटाइजर, पीपीइ,थर्मल गन लगायतका स्वास्थ्य समाग्री उपलब्ध गराउदै आएका छन । उनले सुरक्षाकर्मी र पत्रकारलाई समेत स्वास्थ्य सामाग्री उपलब्ध गराएका छन ।
बस्नेतले कांग्रेस केन्द्रीय कार्यालयमा कार्यरत कर्मचारीको कोरोना बिमा गरिदिएको गरिदिएका छन ।

पूर्वमन्त्री बस्नेतले सिन्धुपाल्चोक जिल्लामा पीसीआर मेसिन खरिद गरी आवस्यक कर्मचारी र किटको समेत व्यवस्था मिलाउने घोषणा गरेका छन ।
पूर्व मन्त्रीले भूकम्प र जुरे पहिरोमा सिन्धुपाल्चोकबासीले बिर्सन नसक्ने गुन लगाएका छन ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *