ताजा समाचार

नेकपा स्थायी कमिटी बैठक साउन ४ गते आइतबारसम्म स्थगित

काठमाडौं । दुई अध्यक्षबीच कुरा नमिलेपछि नेकपाको स्थायी कमिटि बैठक साउन ४ गते सम्मका लागि स्थगित भएको छ । पटक–पटक स्थगित हुदै आएको स्थायी कमिटि बैठक आइतबार ३ बजेसम्मका लागि स्थगित गरिएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए ।


शुक्रबार ११ वजे बस्ने भनिएको स्थायी कमिटी अन्तिम समयमा आएर ३ बजे सारिएको थियो ।
पछिल्लो समय ओली –प्रचण्डबीचको दूरी झन बढेको छ । प्रचण्ड ओलीलाई सत्ता र पार्टीबाट जसरी भएपनि बर्हिगमन गर्ने तयारीमा लागेका छन भने ओलीले दूवै पद नछोड्ने जस्तोसुकै परिस्थितिको पनि सामना गर्न तयार रहेको बताएका छन ।
आन्तरिक शक्ति संघर्ष उत्कर्षमा पुगेको सत्तारुढ दल नेकपाका दुई अध्यक्ष र वरिष्ठ नेताहरुबीचको अनुत्पादक व्यस्तता बढको छ । विहिबारको ओली दाहालको अभिव्यक्ति र गतिविधिलाई आधार मान्ने हो भने सहमतिका लागि दुवै पक्ष टसमस हुने अवस्था देखिदैन ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *