ताजा समाचार

नेकपाको आन्तरिक विवाद : केन्द्रीय कमिटीको बैठक बोलाउने कसरत

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को आन्तरिक विवाद झन चकिदै गएपछि कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल लगायतका नेताहरुले केन्द्रीय कमिटी बैठक बोलाउने तयारी भएको छन्। नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपाल समूहले पार्टीभित्रको विवाद समाधानका लागि केन्द्रीय समितिको बैठक आवश्यक रहेको निष्कर्ष निकाल्दै त्यसको तयारीमा लागेका हुन्।

प्रधानमन्त्री केपी शर्मा अ‍ोलीसँग अध्यक्ष प्रचण्ड र नेता नेपालबीचको बैठक निष्कर्षमा पुग्न नसकेको भन्दै दुवै समूहका नेताहरुले बैठक बोलाउनुपर्ने निष्कर्ष निकालेका हुन् । बैठक सम्भवत भोलीको स्थायी कमिटीको बैठकले बोलाउने सम्भावना रहेको स्रोतले जानकारी दियो ।स्थायी कमिटी सदस्यहरुले प्रधानन्त्रीको राजीनामा मागेपछि उत्पन्न भएको विवाद समाधानका लागि अध्यक्ष प्रचण्डसहित नेता नेपाल पनि आजको बैठकमा उपस्थित थिए । तर, बैठक कुनै निष्कर्षमा पुग्न सकेन । त्यस्तै आजको बैठकमा दुवै नेताले प्रधानमन्त्रीको राजीनामा मागेका थिए ।उनीहरुले ‘तपाई प्रधानमन्त्रीबाट राजीनामा दिनूस’ भनेका थिए । प्रधानमन्त्रीले उक्त प्रसताव अस्वीकार गरेका थिए । आजको बैठकले पनि सहमतिको बिन्दु नखोजेपछि प्रचण्ड र नेपाल समूहका नेताहरुको छुट्टै बैठक खुमलटारमा बसेको थियो ।

त्यस्तै प्रधानमन्त्री अ‍ोलीले प्रचण्ड र नेतासँगको भेटपछि आफू पक्षका नेताहरुलाई बालुवाटार बोलाएका छन् । उनले बिहीबार साँझ नेकपा संसदीय दलका उपनेता सुवास नेम्वाङ, महासचिव विष्णु पौडेल, उपप्रधान एवं सचिवालय सदस्य ईश्वर पोखरेल र सांसदहरुलाई बालुवाटारमा बोलाएका थिए । बिहीबार बालुवाटारमा भएको वार्तामा दाहाल र नेपालले प्रधानमन्त्री पदबाट ओलीलाई राजीनामा दिन आग्रह गरेका थिए । तर, ओलीले आफू कुनै हातलमा राजीनामा नदिने बरु बहुमतले निर्णय गरेर हटाउन चुनौती दिएका थिए । छलफलमा सहमति नजुटेपछि शुक्रबारको स्थायी कमिटी बैठकअघि आगामी रणनीति तय गर्न दाहाल–नेपाल समूहका नेताहरु छलफलमा जुटेका थिए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *