ताजा समाचार

बाह्रविसे-ताताेपानी सडक खण्डमा बेली ब्रिज निर्माण गर्न पूर्वमन्त्री बस्नेतको माग

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्व सूचना तथा सञ्चार मन्त्री मोहन बहादुर बस्नेतले बाढी पहिरोले क्षतिग्रस्त बाह्रविसे तातोपानी सडक खण्डको २६ किलोमिटर क्षेत्रमा बेल्लिब्रिज निर्माणको माग गरेका छन । एक हप्ता अघि आएको बाढीले खाग्दल खोला र बुलबोटे खोलाको पुल क्षतिग्रस्त बनाएको थियो ।

पुल क्षतिग्रस्थ बनेपछि बाढी पहिरो पीडितलाई राहत तथा उद्दारका साथै स्वास्थ्य सामाग्री बितरण गर्न असहज भएकाले बेली ब्रिज निर्माण गर्न सरकारसंग माग गरेको पूर्वमन्त्री बस्नेतले बताए । अवतजावतका साथै नजिकिएको दशै, तिहार पर्वलाई मध्यनजर गरेर चिनिया सामाग्री ल्याउन समेत बेली ब्रिज निर्माणले सहयोग पुग्ने बस्नेले बताए ।

बाढी पहिरो आएलगत्तैदेखि राहत र उद्दारमा खटिएका पूर्वमन्त्री बस्नेतले बाढी पहिरो पीडितले सुरक्षित ठाउँमा जग्गा खोजे घर निर्माणमा सहयोग गर्ने समेत बताएका छन ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *