ताजा समाचार

बिहिवार १६७ कोरोना संक्रमित थपिए, २१३ डिस्चार्ज

काठमाडौं। मंगलबार १६७ जना कोरोना संक्रमित थपिएका छन । गत २४ घण्टामा २१३ जना कोरोना संक्रमित निको भएर अस्पतालबाट डिस्चार्ज भएका छन । नेपालमा कोरोना संक्रमितको निको हुने दर ६४.८५ प्रतिशत रहेको छ ।
नेपालमा हालसम्म कोरोना संक्रमितको संख्या १७ हजार ३ सय ४४ पुगेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता पा.डा जागेश्वर गौतमले नियमित पत्रकार सम्मेलनमार्फत जानकारी दिए ।
भोजपुर, संखुवासभा, मनाङ, मुस्ताङ र हुम्ला जिल्ला कोरोना संक्रमणमुक्त जिल्ला बनेका छन । महोत्तरी, रौतहट, पाल्पा,कैलाली र बाजुरमा पाँच सय भन्दा बढी संक्रमित उपचाररत छन ।
हलासम्म कोरोनालाई जितेर हालसम्म ११ हजार २ सय ४९ जना डिस्चार्ज भएका छन । गत २४ घण्टामा ४ हजार ९ सय ८१ जनाको पीसीआर विधिबाट परिक्षण गरिएको बताइएको छ । क्वारेन्टाइनमा २३ हजार ५ सय जना र आइसोलेशनमा ६ हजार ६५ जना रहेको मन्त्रालयले जनाएको छ ।
हलसम्म ३९ जनाको कोरोनाका कारण मृत्यू भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *