ताजा समाचार

फुल्पिङकट्टी पहिरो अपडेट : दुईको मृत्यु तीन बेपत्ता, ६० परिवार विस्थापित

काठमाडाैं । सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका वडा नं ४ फुल्पिङकट्टीमा आज बिहान २ बजे आएको पहिराबाट एकै परिवारका दुई जनाको मृत्यु भएको छ । अन्य तीन जना बेपत्ता भएका छन् ।  पहिराेमा परेर निमास्याङ्बो शेर्पा र आङ्जी शेर्पाकाे ज्यान गएकाे छ  ।

पहिराले एक घर र एक विद्यालयमा क्षति पुगेको, अन्य १८ घर उच्च जोखिममा रहेको तथा ६० परिवार विस्थापित भएको बताइएको छ । बेपत्ताको नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीयवासीद्वारा खोजी जारी रहेको प्रहरीले जनाएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *