ताजा समाचार

प्रधानमन्त्री ओलीको भनाईप्रति भारतीय सत्तारुढ दल बिजेपीको विरोध

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले अयोध्याबारे दिएको विरोधाभाष अभिव्यक्तिप्रति भारतीय जनता पार्टीले निन्दा गरेको छ . हिन्दू धर्मग्रन्थ रामायणमा उल्लेख गरिएको अयोध्या नेपालमा रहेको र राम भारतका नभई नेपालका राजकुमार भएको अभिव्यक्तिप्रति भारतीय सत्तारुढ दल भारतीय जनता पार्टी (बीजेपी) ले निन्दा गरेको हो । हिन्दी विवीसी न्युजका अनुसार प्रधानमन्त्रीको सो अभिव्यत्ति,लाई राजनीतिक उक्साहटको संज्ञा दिएको छ । अभिव्यक्तिलाई ’राजनीतिक विवाद उक्साउने’ भन्दै भारतलाई ’चोट पुर्यउने आश्चर्यजनक कदम’ भएको बताइएको छ ।

भारतीय सत्तारुढ दल बीजेपीका राष्ट्रिय प्रवक्ता विजय शोनकर शास्त्रीले ओलीको भनाइको निन्दा गरेका हुन् । उनले भनेका छन्, “भगवान राम आस्थाको विषय हुन् । मानिसहरूले त्योसँग खेल्न पाउने छैनन्, चाहे त्यो नेपालका प्रधानमन्त्री होउन् वा अन्य कोही ।“ अन्य विभिन्‍न भारतीय सञ्‍चारमाध्यमहरुले विभिन्‍न राजनीतिज्ञ र नेपालभारत सम्बन्ध मामिलमाका जानकार, धर्मसम्बन्धी जानकारहरुले समेत प्रधानमन्त्री ओलीको अभिव्यक्तिको आलोचना र निन्दा गरेका छन् । भारतीय सञ्‍चारमाध्यम आइएएनएसले ओलीको भनाइ ’स्तब्ध पार्ने बयान’ भएको जनाइएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले भानुभक्तको जनमजयन्ती मनाउने क्रममा भगवान राम नेपालमै जन्मेको र अयोध्या नेपालकै ठोरीमा भएको बताएका थिए । सो अभिव्यक्तिप्रति नेपाल र भारत दुवै तर्फ प्रधानमन्त्री ओलीको आलोचना भैरहेको छ ।
बीजेपीले निन्दा गरेको हो । हिन्दी विवीसी न्युजका अनुसार प्रधानमन्त्रीको सो अभिव्यत्तिलाई राजनीतिक उक्साहटको संज्ञा दिएको छ । अभिव्यक्तिलाई ’राजनीतिक विवाद उक्साउने’ भन्दै भारतलाई ’चोट पुर्याउने आश्चर्यजनक कदम’ भएको बताइएको छ । भारतीय सत्तारुढ दल बीजेपीका राष्ट्रिय प्रवक्ता विजय शोनकर शास्त्रीले ओलीको भनाइको निन्दा गरेका हुन् । उनले भनेका छन्, “भगवान राम आस्थाको विषय हुन् । मानिसहरूले त्योसँग खेल्न पाउने छैनन्, चाहे त्यो नेपालका प्रधानमन्त्री होउन् वा अन्य कोही ।“ अन्य विभिन्‍न भारतीय सञ्‍चारमाध्यमहरुले विभिन्‍न राजनीतिज्ञ र नेपालभारत सम्बन्ध मामिलमाका जानकार, धर्मसम्बन्धी जानकारहरुले समेत प्रधानमन्त्री ओलीको अभिव्यक्तिको आलोचना र निन्दा गरेका छन् ।

भारतीय सञ्‍चारमाध्यम आइएएनएसले ओलीको भनाइ ’स्तब्ध पार्ने बयान’ भएको जनाइएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले भानुभक्तको जनमजयन्ती मनाउने क्रममा भगवान राम नेपालमै जन्मेको र अयोध्या नेपालकै ठोरीमा भएको बताएका थिए । सो अभिव्यक्तिप्रति नेपाल र भारत दुवै तर्फ प्रधानमन्त्री ओलीको आलोचना भैरहेको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *