काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले भारतले नक्कली अयोध्या बनाएर सांस्कृतिक अतिक्रमण गरेको बताएका छन्। सोमबार भानु जयन्तीका अवसरमा बालुवाटारमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै भारतले नक्कली अयोध्या बनाएर सांस्कृतिक आक्रमण गरेको दावी गरेका हुन् ।
उनले जनकपुरकी सीताले बिहे गरेका राम भारतीय नभई नेपाली रहेको बताए। उनले वीरगञ्ज नजिककैको ठोरी नै वास्ताविक अयोध्या भएको भन्दै त्यहँकी राजकुमार रामसँग जनकपुरकी राजकुमारी सीताको बिहे भएको तर्क गरे। उनले हाल भारतले बनाएको अयोध्याबाट बिहेका लागि राम जनकपुर आउन त्यतिबेलाको संरचनाअनुसार सम्भवसमेत नभएको बताए। उनले अयोध्याका विषयमा विवादसमेत रहेको बताए। प्रधानमन्त्री ओलीले भने, ‘तथ्यहरुमा अतिक्रमण भएको छ। हामी अहिले पनि ठानिरहेका छौँ, हामीले ‘सीता’ भारतका राजकुमार रामलाई दियौँ । भारतका होइन अयोध्याकालाई दिएका हौँ हामीले।

अयोध्या भनेको वीरगञ्जभन्दा अलि पश्चिम पट्टीको गाउँ हो। अहिले खडा गरिएको अयोध्या होइन। अयोध्या भीषण विवाद छ है त्याँ। हाम्रोमा विवाद नै गर्नुपर्दैन। अयोध्या वीरगञ्जको पश्चिमपट्टी ठोरीमा, बाल्मिकी आश्रम यहि र दशरथबाट सन्तान नभएपछि पुत्रिष्टी यज्ञ लगाउने पण्डित जी रिडीका। त्यसकारण सन्तान पनि भारतीय होइनन् ठाउँ अयोध्या पनि भारतीयको होइन्।’