ताजा समाचार

कोरोनाका कारण थप ३ जनाकाे मृत्यु

काठमाडौं। कोरोना संक्रमणबाट थप तीन जना पुरुषको मृत्यु भएको पुष्टि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गरेको छ । शनिवार नियमित पत्रकार सम्मेलनमार्फत मन्त्रालयले विभिन्न मितिमा थप ३ जनाको मृत्यु भएको पुष्टि गरेको हो । कोरोनाका कारण ज्यान गुमाउनेहरुमा काठमाडौ उपत्यकाका २ र सिन्धुपाल्चोकका एक व्यक्ति हुन  ।

फोक्सो र मिर्गौलामा समस्या देखिएर असार १६ गते पाटन अस्पताल भर्ना भएका काठमाडौ १० शंखमुलका ६० वर्षीय पुरुषको असार २६ गते निधन भएको हो । उनको स्वाब परिक्षणका क्रममा असार १७ गते कोरोना पुष्टि भएको थियो । यसै गरी गोकर्णेश्वर ४ काठमाडौंका ५४ वर्षीय पुरुषको कोरोना संक्रमणका कारण असार २५ गते निधन भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । मिर्गौला रागले पीडित उनको उपचारका क्रममा काठमाडौं मेडिकल कलेजमा निधन भएको हो ।
क्षयरोगको विरामी समेत रहेका पाचपोखरी ६ सिन्धुपाल्चोकका ४५ वर्षिय पुरुषको पाटन अस्पतालमा उपचारका क्रममा असार २५ गते निधन भएको र उनमा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।
नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ३८ पुगेको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *