ताजा समाचार

पार्टीभित्रकाे टकरावले महामारी र प्राकृतिक विपत्तिको समयमा राजनीतिक बहस किन भन्ने प्रश्न उठेकाे छ : प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो पार्टीमा भएको विवाद आपसी छलफलबाट सुल्झाउने भन्दै त्यसका लागि धैर्यता र संयम राख्न आह्वान गरेका छन्।
उनले शुक्रबार बेलुका देशवासीका नाममा सम्बोधन गर्दै सो आह्वान गरेका हुन्। ‘अहिले कतिपय राजनीतिक विषय र सन्दर्भहरुप्रति जनताको ध्यान अवश्य तानिएको हुनुपर्दछ। त्यस किसिमको चासो र जिज्ञासा हुनु स्वभाविकै हो,’ उनले भनेका छन्।
जुनसुकै राजनीतिक दलभित्र हुने बहस र विवाद आन्तरिक हुने भन्दै त्यसलाई निष्कर्षमा पुर्‍याउने दायित्व सम्बन्धित राजनीतिक दल र नेताहरुकै भएको उनले बताएका छन्। ‘पार्टीभित्र हुने यस्ता छलफल, बहस र विमतिहरु तिनका नितान्त आन्तरिक र कतिपय अवस्थामा नियमित प्रक्रिया पनि हुन्। यस्ता विषयहरु सम्बन्धित दल र तिनका नेताहरुले आपसी छलफलबाटै सुल्झाउने छन्। यसका लागि धैर्यता र संयम आवश्यक हुन्छ,’ प्रधानमन्त्री ओलीको भनाइ छ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *