देश

देशभर बाढी पहिरोको कहर : ३१ जनाको मृत्यु, सय भन्दा बढी बेपत्ता

  • काठमाडौँ । लगातारको झरीसँगै देशभर बाढी पहिरोको कहर छाएको छ । अहिलेसम्म बाढी पहिरोबाट विभिन्न जिल्लामा गरी ३१ जनाले ज्यान गुमाएका छन् । एक सयभन्दा बढी व्यक्ति बेपत्ता भएका छन् ।
    कास्कीमा पहिरोमा पुरिएर सात जनाको मृत्यु भएको छ । लमजुङमा तीन जनाले ज्यान गुमाएका छन् । रुकुम पश्चिममा आमाछोराको मृत्यु भएको छ । जाजरकोटमा चार जनाको शव फेला परेको छ ।

म्याग्दीमा १० जनाको मृत्यु भएको छ । यस्तै पर्वतको दुर्लुङमा पहिरोमा परी ९ जनाको ज्यान गएको छ । सिन्धुपाल्चोक, कास्की, म्याग्दी, लमजुङ, जाजरकोटलगायत जिल्लामा हालसम्म एक जनाभन्दा बढी व्यक्ति बाढी पहिरोमा परी हराइरहेका छन् । प्रहरीले दिएको जानकारी अनुसार म्याग्दीमा ३२ जना, सिन्धुपाल्चोकमा २० तथा जाजरकोटमा १२ जना बेपत्ता भएका छन् । अन्य जिलमा पनि बेपत्ता भएका छन् । एकिन विवरण प्राप्त हुन सकेको छैन । गृह मन्त्रालयको राष्ट्रिय आपतकालीन कार्यसञ्चालन केन्द्रका अनुसार म्याग्दीको धौलागिरी र मालिका गाउँपालिकामा पहिरोमा परी १० जनाको मृत्यु भएको छ भने १२ बेपत्ता छन्। लमजुङको वेँशीसहर नगरपालिका–७ मा पहिरोमा परी तीन जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन्।

कास्कीका विभिन्न स्थानमा गएको पहिरोमा परी ७ जनाको मृत्यु भएको छ भने १२ घाइते भएका छन् । पर्वतको दुर्लुङमा गएको पहिरोमा परी ९ जनाको ज्यान गएको छ । रूकुम पश्चिमको आठबिसकोट– ३ मा दुई जनाको मृत्यु भएको छ भने एक जना घाइते छन् । ठाउँ ठाउँमा पहिरो गएको छ । सडक अवरुद्ध छ । पृथ्वी राजमार्गको धादिङ बेनीघाटमा पहरो गएको छ । राजमार्ग अवरूद्ध भएको छ । तराईका विभिन्न जिल्लामा नदीमा पानीको सतह बढेको छ । पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावले मनसुन सोमबारसम्म कायम रहने छ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *