ताजा समाचार

ओली र प्रचण्डबीच सहमतिका लागि छलफल

 

काठमाडौँ । नेपाल कम्य्निष्ट पार्टी (नेकपा) भित्र देखिएको विवाद समाधानका लागि प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच अहिले छलफल भइरहेको छ । दुवै अध्यक्ष सहमतीको प्रयासमा जुटेका छन् । प्रधानमन्त्री ओलीसित छलफल गर्न प्रचण्ड बालुवाटार पसेका छन् । नेकपाको स्थायी कमिटीले ओलीको राजीनामा मागेपछि पार्टी भित्र विवाद बढेको हो । ओलीलाई दुवै पद छाड्न प्रचण्डले दबाब दिँदै आएका छन् । प्रधानमन्त्री ओली भने यसमा सहमत छैनन् । त्यसैले ओली स्थायी कमिटीको बैठकबाट आफुलाई टाढा राख्दै छन् । उनी यसअघिको जस्तै स्थायी कमिटी बैठक टार्न कसरत गर्दै आएका छन् । पछिल्लो पटक बैठक असार २६ गतेसम्मका लागि सारिएको छ । दुई अध्यक्षबीच पटक पटक छलफल भए पनि सहमति हुन सकेको छैन । प्रधानमन्त्री निवासमा दुवै अध्यक्षबीच एक्ला एक्लै बार्ता भइरहेको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *