ताजा समाचार

देश र जनताप्रित अनुत्तरदायी कम्युनिष्ट चरित्र

२०६४ को संविधानसभा निर्वाचनमा तत्कालीन नेकपा माओवादीले झण्डै स्पष्ट बहुमत प्राप्त गरेको थियो । समानुपातिक समेतको जम्बो संविधानसभामा प्राप्त संख्या उल्लेख्य र उत्साहजनक थियो ।
जसरी(साम,दाम,दण्ड,भेद) भएपनि सम्पन्न भएको निर्वाचन र प्राप्त भएको परिणाम स्वीकार गरिएकै हो । तत्कालिन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालालाई धरैले परिणाका बारेमा सचेत गराएका थिए तर पनि राष्ट्रपति हुने इच्छलाई भुलेका दिन माओवादीका सबै हर्कतहरु जायज मानिएको थियो । परिणाम पश्चात माओवादी, गिरिजाप्रसाद कोइरालालाई राष्ट्रपति स्वीकार गर्न तयार भएनन । अन्ततः डा. रामवरण यादव राष्ट्रपति हुने बाटो बनिसक्यो तर, शान्ति प्रक्रियाका नायक गिरिजाप्रसाद कोइराला अस्वीकृत भए । कोइराला अस्वीकृत भएसंगै माओवादीले प्राप्त गरेको जनमत कायम हुन सकेन, पुष्पकमल दाहाल राजीनामा गर्न बाध्य भए । सरकार चलाउने क्षमता, धैर्यता र संयमता क्रान्तिकारीबाट आएका भनिएका कम्युनिष्टहरुले देखाउन सकेनन । हिंसाको राजनीति गर्न जति सजिलो भएको थियो सत्ताको राजनीति कम्युनिष्टका लागि ज्यादै कठिन र महंगो सावित भएको नमिठो घटनाको इतिहासले उक्त घटनालाई टिपेको हुनुपर्छ ।
दश वर्ष अघि पहिलो दल बनेको नेकपा माओवादी दश वर्षपछि तस्रो दल बनेको नेकपा एमालेमा विलय हुन बाध्य हुनुप¥यो । त्यो पनि हैसियत जोगाउनका लगि । हैसियत जोगाउन नेकपा एमालेमा पार्टी विलय गराएका पुष्पकमल दाहाल अहिले रोइलो गरिरहेका छन कि केपी शर्मा ओलीले आफ्नो अपमान गरे भनेर । पार्टी मिलाउदा पनि समान नै त भएको थिएन । दाहाल दुई नम्बरका अध्यक्ष थिए । कुनै पनि निर्णय लिनुभन्दा अगाडी उक्त विषयवस्तु,सन्दर्भ वा घटनाका बारेमा पहिलो नम्बरका अध्यक्ष ओलीलाई जाहेर गर्नु पर्ने अलिखित सहमति दाहालले ओलीसंग गरेका नै हुन ।
कम्युनिष्टहरुले सत्ता संञ्चालन गेरेर खादैनन भन्ने सन्दर्भमा कम्तिमा पङ्तिकार सुरुदेखि नै स्पष्ट छ । पाँच वर्षको जनादेशसम्म सरकार चलाउछन भन्ने विश्वास थिएन र छैन । चलाउने छाटकाट देखाउन सकेका पनि छैनन । आश जगाएका थिए ओलीले तर छि«ट्टै निराश बनाए । बोलीको ठेगान नभएपछि विश्वास क्षणभरमा नै टुट्दो रहेछ । ओली कार्यकालको सबैभन्दा महत्वपूर्ण शिक्षा भनेको शासन सत्तामा बस्नेतहरुले कम बोल्नु उपयुक्त हुन्छ । आधिक बोल्नु पर्ने ओलीलाई सुरुमा नै रेल र पानीजहाजले डुवाइ सकेको थियो । त्यसपछिको दर्जनौ काण्डहरुको फेहरिस्त धेरै आइसकेको छ । त्यसलाई यहा उल्लेख नगरौं । समस्या देखिएको साविकको एमाले भित्र हो । ओलीलाई तह लगाउन नसकेका पूर्व एमालेहरुले पूर्व माओवादीका महत्वकांक्षी दाहाललाई प्रयोग गरेर ठेगान लगाउन खोजेका छन । तर, परिस्थिति प्रत्युत्पादक हुने देखिन्छ । ओलीलाई तह लगाउन खोज्नेहरु आफै ठेगान लाग्ने परिस्थिति देखिन्छ । पार्टीका एक नम्बर अध्यक्ष तथा प्रधानमन्त्रीलाई स्थायी समिति वा सचिवालयको वैठकले हटाउन सक्ने स्थिति नै छैन । सहमतिमा आएर दाहाल र ओलीबीच एकता बन्यो भने पूर्व एमालेका ओली विरोधीहरु हेरेको हेर्यौ हुने स्थिति छ । दाहालले आफ्ना लागि हेर्ने हुन अरुका लागि ओली समुहसंग दुस्मनी गर्ने मानशिकतामा छैनन । दाहालको काधमा बन्दुक राखेर ओलीलाई हान्न लागेका ओली विरोधीहरु माथि ओलीले त्यही शुत्र प्रयोग गर्न पनि सक्छन । त्यसको संकेत ओलीले गरिसकेका छन ।
हालको नेकपाभित्र ओली अल्पमतमा देखिएका मात्र हुन, बहुमतले निर्णय गरेर हटाउने परिस्थिति छैन । एमाले माओवादी एकताका शुत्रधार र व्यवस्थापक ओली नै हुन । नक्कली र देखावटी नै किन नहोस राष्ट्रवादको सस्तो विकाउ र लोकप्रिय नारा दिएर जनमत आफ्नो पोल्टामा पार्न चाटुकार ओली नै सफल भएका छन् । दाहाल,नेपाल, खनाल र गौतम पटक पटक असफल र पराजित भएकै छन । ओलीको बहुमत प्राप्त सरकारको नेतृत्व गर्ने स्वार्थ र दाहालको अस्थित्व बचाउने स्वार्थको मिलनले नेकपा बनेको हो । सिद्धान्त,विचार, आदर्श, मुल्य र मान्यताका सत्ता स्वार्थ, उन्माद, भ्रष्टाचार,नातावाद,क्रिपावाद, डनवाद, अनियमितता जस्ता दुस्कार्यहरुमा रुपान्तरण भइनै सकेको छ । विचार र कार्यक्रमका आधारमा पार्टी एकता भएको हाृेइन । नेकपा माओवादी चोइटा चोइटामा टुक्रिएको र जोडिएको केवल पदीय स्वार्थ र सत्ताको लागि नै हो । नेकपाका दुई नम्बर अध्यक्ष दाहालले एक नम्बरका अध्यक्ष एवं प्रधानमन्त्री ओलीको स्वास्थ्य समस्याको अवस्था हेरी हाललाई कार्यकारीमा चित्त बुझाएका थिए । जब ओलीको दोश्रो मिर्गौला प्रत्यारोपण सफल भयो त्यसपछि दाहालमात्र होइन नेपाल,खनाल र गौतमहरु छट्पटाएका हुन । अरु केही वर्ष ओली सक्रिय हुने सम्भावनाबाट त्रशित पदाकांक्षीहरुले ओलीलाई गलहत्याउन खोजेका हुन तर त्यो संभावना कमजोर देखिन्छ । एमाले र माओवादी बीचको भिन्नता कायम नै रहेको अवस्थामा सांगाठानिक रुपमा ओली नै शक्तिशाली देखिन्छन । शत्ता र शक्तिले ओलीलाई थप शक्ति सम्पन्न बनाएको छ । पार्टी विभाजनमात्र नभएर ओलीसंग अरु बैकल्पिक रणनीतिहरु पनि सुरक्षित छन । नेपाल र दाहाललाई अख्तियारको दायरामा ल्याउन सकिने अस्त्रको प्रयोगसम्म हुने सम्भावनालाई नकार्न सकिदैन । बामदेव जस्ता व्यक्तिहरुको पुरानो हिसावकिताब ओलीहरुले पल्टाउन सक्छन । बाँकी बक्यौता फरफारक नभएको ज्ञान नेपाल,दाहाल, खनाल र गौतमहरुलाई होलानै । त्यहाँसम्म अगाडी बढ्न नपरोस भन्ने चेतावनी ओली पक्षले प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा विभिन्न संयन्त्रहरुमार्फत दिएको हुनु पर्छ ।

ओली ठीक छन,सफल नै भएका छन भन्ने किमार्थ होइन । उनले जसरी विश्वास जितेका थिए,त्यसै गरी विश्वास टुटाएका पनि छन । शासकीय क्षमता देखाउन सकेनन । दुई छिमेकीहरुसंग सन्तुलित र समधुर सम्वन्ध बनाउन सकेनन । प्रतिक्रियात्म कूटनीति अवलम्बन गरे । तर्साउने नीतिले कूटनीतिक सम्वन्ध स्थापित हुन सक्दैन । आश्वसन र भाषणले जनताको इच्छा, चाहना र आवस्यकता परिपूर्ति हुन हुदैन । कटाक्ष गरेर छिमेकीहरुको विश्वस जितिदैन । समय सधै अनुकुल हुदैन । चुनावमा भारी बहुमत आउने वित्तिकै तत्कालिन भारतीय विदेश मन्त्री स्वर्गीय सुस्मा स्वराज काठमाडौ उत्रिएर ओेलीलाई बधाई दिएको घटना दोहोरिन्छ भन्ने चिन्तनबाट ओली मुक्त नभएको देखिन्छ । सम्भावनाका अनेक पाटाहरु नहुने होइन तर, त्यसका लागि आफ्नो तर्फबाट के कस्तो प्रयास भयो भन्ने भहत्वपूर्ण हुन्छ । ओली त्यस अर्थमा नराम्रो दलदलमा फसेका छन । विभिन्न काण्डहरुमा मुछिएका ओली र उनको संयन्त्रको बचाउ र पैसाको प्रवन्ध र पार्टी भित्रको अन्तरकलहलाई व्यवस्थाप गर्नैका लागि रहेछ भन्ने देखिन्छ । भ्रष्टाचार,अनियमितता, अहंकार, निरंकुशता जस्तो ओलीका कर्महरुले जनविश्वास र समर्थन टुटेको छ ।

यो अवस्थामा सत्ताबाट सुविधा लिएका अङ्गिालहरु मात्र सडकमा ओलीका पक्षमा उत्रन आउछन् । आम सर्वसाधारण मानीसको जनजिबिकामा सुधार र रुपान्तर गर्ने कार्यक्रम नआएकाले जनताको समर्थन र र सहयोग ओली सरकारको पक्षमा छैन । त्यति हुदाहुदै पनि ओलीकोे बिकल्प को हो त ? जनताको बिकल्प देखेका छैनन । सत्तारुढ दलभित्र अर्को बिश्वासिलो र भरपर्दा बिकल्प नदेखिएको र अरु भन्दा बरु आली नै ठीकै छन् भन्ने आम मानिसको बुझाई छ । शक्तिकेन्द्रहरुको चाहान के छ ? कस्तो राजनीतिमा छन् ? त्यसमा सर्वसाधारणको सरोकार हुदैन । धमिलो पानीमा माछा मार्नेहरु के चाहान्छन ? त्यसलाई आम मानिसले धेरै महत्व दिएका छैनन् । आम मानिसको गुनासो “जो आएपनि कान चिरेको भन्ने रहेको छ ।
त्यसैले नेकपा भित्रको शत्ति सन्तुलन हेर्दा अन्य बिकल्प आसा जगाउने देखिदैन । अन्य दलहरुले सत्ता राजनीतिमा प्रभाव वा फेरवदल लगाउने आधारहरु छैन । हिजो कस्को , के कमजोरी नेकपा बलियो शक्ति बन्यो भन्ने केबल अध्ययन र बिश्लेषणको बिषय हो । त्यही आधारमा दृष्टिकोण बनाउदा अन्य दल खासगरी प्रमुख प्रतिपक्ष नेपाली काग्रेसका भूमिकाको बारेमा प्रष्ट पार्न सकिएला तर दलीय स्वार्थलाई हेर्ने हो भने नेकपा भित्रको शक्ति सर्घष, समस्या र झगडा त काग्रेसको लागी उत्साहक बिषय हुन सक्छ । हुनत काग्रेसले त्यस्तो उत्साह देखाएको छैन । त्यहां भित्र पनि समस्या नै समस्या छन् । समस्या नभएको भए नेपाली काग्रेश यसरी खुम्चिएर सानो आकारमा सिमीत हुनुपर्ने थिएन । नेकपा भित्रको समस्याबाट कागे्रसले फाइदा लिन सक्ने अवस्थामा छैन । त्यस्सै पनि होला शक्ति संघर्षबाट धेरै ठूलो भारा बेहोर्नु पर्ला भन्ने चिन्ता नेकपालाई छैन । स्वार्थको झगडामा हिसाव किताव राख्न पनि सकिन्छ । ओली –काग्रेस मधेशबादी दल गठबन्धनको स्थिति पनि नआउला भन्न सकिदैन । तर त्यसको लागी ओलीसंग पंगा लिने साहस , क्षमता, योजना र शक्ति दाहाल नेपाल समुहसंग छ भन्ने लाग्दैन । होला, ओली आक्रम अवस्थावाट रक्षत्मक अवस्थामा ओर्लिएका छन यसको अर्थ यो होइन कि ओलीलाई दाहाल नेपाल समुहले कक्र्याककुक्रुक बनाउन सक्छन। सत्ताकाक्षींहरुको निहित स्वार्थका कारण नेपाली जनता निरास बनेका छन् । चुलिएको अपेक्षा धुमिल भएको छ । परिर्वतन प्रतिको आशा एवं विश्वास भकिएको छ । देशप्रेम भएको नेतृत्वको अभाव खड्कएिको छ । आफूहरु माथि पटक पटक धोका भएको महसस नेपाली जनताले गर्नु परेको छ । राजनीतिमा मौलाएको बिकृत , बिसंगति एवं असंगतिले दिक्क वाक्क बनाएको छ । महामारीले ल्याएको संकट र संम्भावित महासंकटको क्रासले जनता आतंकित छन । संकटकालीन अवस्थाको सम्भावना देखिन्छ । यो पनि राजनीतिक स्वार्थका लागि । संकटमा सरकार भएको अनुभूति गराउन नसक्ने गरिव मजदुर , श्रमकि , शोशित , पीडितको भनिएको कम्युनिष्ट सरकार भ्रष्ट र सामन्तहरुको पक्ष र हितमा देखिन्छ । स्वार्थमा रुमलिनु दुर्भाग्य सिवाय केही होइन भन्ने आम मानिसको बुझाइ भएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *