ताजा समाचार

नेपालका कम्युनिष्ट र आर्थिक बिकास

नेपालमा आए अँध्यारा दिन , एमालेले खायो अरुण ३,म कबि होइन तर पनि म भाबुक भएछु । अरुण ३ नेपालको गौरवको बिद्युत आयोजना अहिलेको प्रदेश नं. १ को भबिष्यसंग गाँसिएको संखुवासभाको आर्थिक मेरुदण्ड कोशी राजमार्गको भारतको जोगमनी–रानी–बिराटनगर–धरान–धनकुटा–खाँदवारी अरुणको ३ को मेन ड्याम हुदै नेपालको किमाथाङ््का र चीनको सीमा जोड्ने योे राजमार्ग २०५२ साल श्रावण २१ गते नेकपा एमालेको बिरोधको कारण यो परियोजना बिश्व बैंकले लगानी नगर्ने निर्णय गरेको समाचार भोलीपल्ट सुुन्न पाइयो

मेरो घर शंखुवासभा कार्यथलो धरान भएकोले पनि बढी पीडा भएको होला । यहि कारणले मैले सातवटा नारा मध्ये एउटा माथिको नारा कथ्न पुगेछु । श्रावण २५ गते होला छ सात जनालाई प्लेकार्डसहित धरानको छाता चोकमा प्रदर्शन गर्ने प्रस्ताव राखें तर जम्मा दुई जनाले मेरो प्रस्तावलाई स्वीकार गरे । त्यो नाराले व्यपकता पाउदै गयो । यो परिआयोजनाको बिशेषता थियो ः
१. अरुण नदीमा करीव ५ हजार मेगावाट बिद्युत उत्पादन हुने माथिल्लो अरुण , अरुण १, अरुण २, अरुण ३, अरुण ४, अरुण ५ हुदै तल्लो अरुणबाट बिद्युत उत्पादन हुने परिस्थिति रहेको थियो । अरुण ३ नेपालको पूँजी हुने थियो । यसलाई रद्द गराउनु भनेको राष्ट्रघाती कुकृत्य नै हो ।
२. कोशी राजमार्गको निर्माण बिराटनगर किमाथाङ्का जोड्ने मात्र होइन भारतको जोगमनी र चीनको सीमा जोड्ने मार्ग हुनेछ ।
३. रोजगारीको सृजना यो कोरिडोर क्षेत्र अरुण उपत्यका भित्र पर्ने पर्यटकीय स्थानहरु धेरै भएकोेले होटल, पर्यटन, उद्योग आदिको अत्यधिक सम्भावना रहेकोले आर्थिक बिकासमा तिव्रता आउने थियो ।
४. यो कोरिडोर आसपासका क्षेत्र उत्पादनशील पनि छन । खाद्यान्न जडीबुटी नगदेवालीका लागि प्रख्यात भएकोले देशलाई यसले आर्थिक गतिबिधिका सधाउने छ ।
यहि भएर नेपालका कम्युनिष्ठरुमा आएको बिचार विचलनले मूलुकलाई निक्कै ठूलो बिकासमा धक्का लागेको छ । अरुण तेश्रो जल बिद्युत परियोजना शंखुवासभा जिल्लाको हेदाङ्घना र नूमको बीचमा पर्ने प्mक्सिनदामा मूल डयाम बन्ने यो परियोजनाको कुल लागत त्यतिबेला एक अर्ब आठ करोड अमेरिकी डलर थियो । त्यसमध्ये विश्व बैंकले १७ करोड ५० लाख डलर ‘साफ्ट लोन’सहित परियोजनाको नेतुत्व गरेको थियो । एसियाली विकास बैंक (एडिबी)ले १२ करोड ७० लाख डलर ऋण लगानी , जर्मनीले १२ करोड ५४ लाख डलर, जापानले १५ करोड डलर फ्रान्स, स्वीजरल्याण्ड र फिनल्याण्डले चार करोड ६० लाख डलर लगानी गर्ने वचन दिएका थिए । जापानले सुरुमा ‘सफ्ट लोन’ दिने र पछि अनुदानमा बदल्ने आश्वासन दिएको थियो। विश्व बैंक र एडिबिले भने ३० देखि ४० वर्षका लागि एक प्रतिशत ब्याजमा ‘साफ्ट लोन’ दिने सहमति गरेका थिए । बिश्व बैंकको ठूलो लगानीमा रन अफ द रिभरको ९ सय मेगावाटको परियोजना प्रधानमन्त्री गिरीजाप्रसाद कोईरालाले मध्यावधि निर्वाचनको घोषणा गरेपछी बिश्व बैंकसंग सम्झौता गर्नु पर्ने भयो । तर अन्तरिम सरकारले सम्झौता गर्न पाउदैन सम्झौता नगर्न बिश्व बैंकलाई महासचिव माधव कुमार नेपालले पत्र पठाए । जसमा विवादित परियोजनामा अहिलेको सरकारले प्रतिवद्धता जनायो भने पनि भोलि हामी निर्वाचित भएर आएमा पुनरावलोकन गर्नेछौँ भनेका थिए ।
२०४३ सालमा सुरु भएको अरुण तेस्रो निर्माण गर्ने योजनाको प्रजातन्त्र स्थापनापछि पनि तत्कालीन प्रधानमन्त्रीद्वय कृष्णप्रसाद भट्टराई र गिरिजाप्रसाद कोइरालालेनेपालका कम्युनिष्ट र आर्थिक बिकास नेपालमा आए अँध्यारा दिन , भारम्भ गरेँ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *