काठमाडौं । प्रधानमन्त्री निवास बालुवाटारमा सुरू भएको नेपाल कम्युनिष्ट पार्टीको स्थायी कमिटी बैठक अध्यक्षद्वय पुष्पकमल दाहाल र केपी ओलीले सम्बोधन गरेका छन ।
बैठकमा प्रधानमन्त्री ओलीले सम्बोधनका क्रममा सरकार र पार्टी सञ्चालनमा कमी कमजोरी भएको र आगामी दिनमा संयमित हुँदै अघि बढ्ने बताए । उनले भने, ‘सरकार र पार्टी सञ्चालन सम्बन्धमा कमी कमजोरी भएका छन्, आगामी दिनमा सच्याएर अघि बढ्ने छौं।’ बुधबारको बैठकमा दुई अध्यक्षले पेश गर्ने भनिएको राजनीतिक प्रतिवेदन आएन।
बैठकमा बोल्दै अर्का अध्यक्ष दाहालले राष्ट्रियताको मुद्दामा राजनीतिक ऐक्यबद्धताको वातावरण तयार गर्नुपर्ने बताए। बैठकमा दुबै सदनको बैठक भत्ता कोरोना कोषमा जम्मा गर्ने विषयमा विपक्षी दलहरूसँग परामर्श अघि बढाउनेबारे छलफल भएको सहभागी एक नेताले बताए।अर्काे बैठक असार १२ गते बस्ने प्रवक्त्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए।




