काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले उपराष्टपति तथा संसदमा प्रतिनिधित्व गर्ने दलहरुका नेताहरु र पूर्वप्रधानमन्त्रीहरुलाई बुधबार साँझ भेटघाटका लागि शीतल निवास बोलाएकी छन् ।
राष्ट्रपति भण्डारीले समसामयिक विषयमा छलफल गर्न उपराष्ट्रपति, प्रधानमन्त्री, संघीय ससद्का सभामुख, राष्ट्रिय सभाका अध्यक्ष तथा पूर्व प्रधानमन्त्रीलगायतलाई बोलाएको राष्ट्रपतिका कार्यालयले जनाएको छ । मुलुकमा पछिल्लो समयमा विकासित घटनाक्रम, कोरोना महामारी र लकडाउनलगायतका समसामयिक विषयहरुमा छलफल गर्नका लागि बुधबार साँझ ५ बजेका लागि विभिन्न राजनीतिक दल र तिनका प्रतिनिधिलाई बोलाइएको हो ।
लामो समयसम्म राष्ट्रपतिले सबै दलका नेताहरुसँग छलफल नगरेको र अभिभाकत्व भूमिका निर्वाह गर्नका लागि भेलाको आयोजना गरिएको राष्ट्रपति कार्यालयले जनाएको छ । भेटघाटमा पूर्व प्रधानमन्त्रीहरु पुष्पकमल दाहाल,माधव नेपाल, झलनाथ खनाल, शेरबहादुर देउवा, कृष्ण सिटौला, बाबुराम भट्राई, उपेन्द्र यादव, वामदेव गौतम नारायणकाजी श्रेष्ठ लगायतका नेताहरुलाई बोलाइएको छ ।




