ताजा समाचार

६ महिनापछि बस्याे नेकपा स्थायी कमिटी बैठक,यस्ता छन एजेण्डा

काठमाडौं । नेकपाको स्थायी कमिटी बैठक सुरुभएकाे छ। प्रधानमन्त्री निवास बालुवाटारमा एमसीसीबारे छलफल गर्न सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठक बसेकाे हाे । उक्त बैठकको पूर्वसन्ध्यामा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच छलफलसमेत भएको थियो ।
ओली र प्रचण्डबीचको छलफलबाट एमसीसी सम्झौता, सरकारका कामको समीक्षा, पार्टी कामको समीक्षा एवं संगठनात्मक एकीकरणलाई पूर्णता दिने लगायतका एजेण्डा तय गरेको थियो । यसअघि दुईपटक स्थायी समिति बैठक बोलाएर बस्दैनबसी स्थगित भएको हुँदा यसपटक पनि हुन्छ हुँदैन भन्ने टुंगो नभएको पार्टी नेताहरुले बताएका छन् ।
प्रधानमन्त्री ओलीले स्थायी समितिको बैठक टार्न खोजेको नेताहरुले आरोप लगाउँदै आएका बेला दुई अध्यक्षबीच छलफल भएको हो । बैशाखको सुरुमा २० जना स्थायी समिति सदस्यले लिखित रुपमै बैठक माग गरेपछि बैशाख २५ गतेका लागि बोलाइएको थियो । त्यसपछि वैशाख ३१ गतेका लागि तोकिएको बैठक पनि बस्न सकेको थियाे ।
यस्ता छन बैठकका एजेण्डा  

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *