काठमाडौं । सत्तारुढ दलभित्र सरकारको कामको विषयमा चर्को असन्तुष्टि भैरहेका बेला प्रधानमन्त्री केपी ओलीले आफ्नो विरोध गर्नेहरुप्रति तीन नीति अबलम्बन गरेका छन् । प्रधानमन्त्री ओलीले सरकारको बागडोर सम्हालेको ३१ महिना पुगेको अवस्थामा सत्तारुढ दलकै सांसदहरु सन्तुष्ट हुननसकेपछि ओलीले सकेसम्म फकाउने, त्यसबाट नभए थर्काउने र त्यतिगर्दा पनि नभए गलाउने रणनीतिमा लागेका हुन् ।
दुई तिहाई नजिक जनमत नेतृत्वको सरकारभएपनि सरकारसँग सत्तारुढ सांसद र प्रतिपक्षी कोही पनि सन्तुष्ट छैनन । नेपालका दुई कम्युनिष्ट पार्टीको एकतापछि ओली सरकार बलियो हुने अपेक्षा जनताको थियो । सुखी नेपाली समृद्ध नेपाल नारा पनि ओलीले दिएकै थिए । तर उनको नेतृत्वको सरकारले जनअपेक्षित काम गर्ने सकेन् । यति काण्ड, ओम्नी काण्ड देखि वाइडबडी काण्ड सम्मका भ्रष्टाचार यही सरकारका पालामा भए । आफु पनि भ्रष्टाचार गर्दिन, अरुलाई पनि गर्न दिन्न भन्ने प्रधानमन्त्रीको बोली खोक्रो बोलीमा मात्र सिमित बनेको भन्दै सत्तारुढ दलका सांसद र नेताहरुले बताउन थालेका छन् । ओलीलाई यो बीचमा आफ्नै नेतृत्वको सरकारमा पार्टीभित्रैबाट अनेक संकट आई लाग्यो । झण्डै झण्डै गत वैशाख ७ मा उनले आफैंले ल्याएको दुई विवादास्पद अध्यादेश प्रकरणपछि झण्डै झण्डै सरकार नै गुमाईसकेका थिए । अहिले पनि उनको सत्ता संकट टरेको छैन् । तर पनि उनले संकट टार्ने अनेक उपायको खोजी गरिरहेका छन् ।
ओलीले आफ्नो संकट टार्न पार्टीमा प्रयोग गर्ने गरेको एउटै अस्त्र हो, फकाउने, गलाउने र तर्साउने । उनलाई चरम संकट आईलाग्ने भयो भने उनले पार्टीका कुन कमिटीबाट संकट आईलाग्छ, त्यही कमिटिका नेताहरुलाई एक्लाएक्लै बालुवाटार बोलाउने, मन्त्रीको प्रलोभन देखाउने र आफनो क्याम्पमा तान्ने पहिलो अस्त्र प्रयोग गर्ने गरेको घटनाक्रमले देखाईरहेको छ । त्यसो गर्दा पनि आफ्नो संकट टर्ने सम्भावना नदेखिए, उनले नेताहरुलाई नै गलाउने रणनीति बनाउने गरेका छन् । नेताहरु बैठकका लागि माग गर्दै गर्छन, ति सबैलाई सुने नसुने झैं गर्ने र गलाउने ओलीको दोश्रो रणनीति देखिन्छ । त्यसो गर्दा पनि आफ्नो संकट टर्ने अवस्था नदेखिए नेताहरुलाई उनले तेश्रो र अन्तिम विकल्पका रुपमा तर्साउने रणनीति पनि अवलम्वन गर्ने गरेका छन् । विगत द्धन्द्धकालका मुद्धा, अनावश्यक प्रायोजित काण्ड बनाएर समेत उनले नेता कार्यकर्तालाई तर्साउने रणनीति बनाइरहेका छन् । । जसकाकारण उनले विरोधी खेमाका नेताहरुलाई विभिन्न प्रलोभन देखाएर आफुतिर तान्ने र एमसीसी पारित गराई आफुभित्रको सत्ता संकट टार्ने योजना ओलीले बनाएको देखिन्छ । त्यसका लागि ओलीले मुख्यत सचिवालयका तीन नेता वामदेव गौतम, रामबहादुर थापा र नारायणकाजी श्रेष्ठलाई फकाउने गरी प्लान ए अन्र्तगतको रणनीति बनाएका थिए । यि तिनै जना नेतालाई उनले उपप्रधानमन्त्रीको अफर समेत गरेको स्रोतले बताउँछ । तर कुनै पनि नेताले ओलीको त्यस्तो प्रस्तावलाई सहज स्वीकार गरिदिएनन् ।
गौतमलाई उपप्रधान तथा रोजेको मन्त्रालय, नारायणकाजी श्रेष्ठलाई उपप्रधान तथा परराष्ट्र या शिक्षा र गृहमन्त्री रहेका थापालाई उपप्रधानमन्त्री समेत बनाउने आश्वासन सहित आफ्नो समुहमा तान्न खोजेका थिए । तर एमसीसीमा ओलीको योजनामा साथ दिने यि तिनै जना नेता तयार देखिएनन् । त्यसपछि अहिले ओली प्लान बि अन्र्तगतको रणनीति अन्र्तगत आफ्नै पार्टी नेताहरुलाई गलाउने रणनीतिमा लागेका छन् । उनले त्यसै अनुसरुप पार्टीको दुई दुई पटक तय भएको सचिवालय बैठकमा एमसीसीकै छलफल हुदैं थियो, त्यसलाई सहजै टार्ने काम गरिदिए । नेताहरु बैठकका लागि आवाज उठाएको उठायै गर्ने तर ओलीले टारिदिने रणनीति लिएर नेताहरुलाई आफु बिना केही गर्न सक्दैनन् भनेर गलाउने रणनीति अवलम्बन गर्न खोजेका छन् ।
असार १० गते स्थायी समिति बैठक बोलाईएको छ । तर त्यो बैठकमा पनि ओली सहभागी हुन्छन, हुनन् खुलिसकेको छैन् । यसमा पनि ओली सफल नभए उनले प्लान सी अन्र्तगतको थर्काउने र तर्साउने रणनीति अवलम्बन गर्ने सम्भावना छ । यसबीचमा वामदेव गौतम लगायतका नेताहरुले उनको साथ छाडिसकेका छन् । गौतमले त दुई पटक विज्ञप्ति निकालेर नै आफू ओलीसँग नभएको जानकारी गराइसकेका छन् भने कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल र अर्का नेता माधवकुमार नेपाल भने योबीचमा मौन रहेका छन् ।




