ताजा समाचार

स्थायी कमिटी बैठकअघि वामदेवको धारणा : कालापानी विवाद फौजी गतिविधिबाट समाधान हुदैन

 काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले ६ महिनापछि स्थायी कमिटीको बैठक बोलाएको छ । पार्टीभित्र बैठक कहिल बोलाउने भन्ने विषयमा समेत विवाद भैरहदा संस्थापन पक्ष र अर्कोपक्षले बैठकमा प्रस्तुत हुने आफ्ना आफ्ना एजेण्डा तय गरिरहेका छन् । कतिपय सन्र्दभमा पार्टी सरकारको कामलाई लिएर पार्टीभित्र मतभिन्नता रहेकाले सरकार पक्ष र बाहिर भएकाले बैठकमा राख्ने मतको बारेमा छलफल समेत गरिरहेका छन् । दुवै पक्ष आन्तरिक तयारीमा लागिरहेका बेला पार्टीका उपाध्यक्ष वामदेव गौतमले भने ओली आफू ओलीको साथमा नरहेको भनाईहरु सार्वजनिक गर्न थालेका छन् ।

सोमबार मात्रै उनले राष्ट्रियताको मुद्धामा आफू अडिग रहेको बताउदै यस्ता विषयमहरुमा कसैको पनि कित्ता फरक नहुने धारणा सार्वजनिक गरे । ‘यहाँहरु सबैमा विदितै भएको विषय हो कि, मैले आफ्नो राजनीतिक तथा सामाजिक जीवनमा हरदम राष्ट्र र राष्ट्रियताका मुद्दामा आफूलाई स्पष्ट रुममा प्रस्तुत गर्दै आएको छु’, उनले भनेका छन् । त्यसैगरी विगतमा भएको असमान महाकाली सन्धि होस् या अहिले कालापानी, लिपुलेक, लिम्पियाधुरा क्षेत्रमा हाम्रो भूमि अतिक्रमीत भएकै सन्दर्भ किन नहोस् म यो विषयमा सधैं स्पष्टताका साथ लागिरहेकोमा कुनै शंका नभएको पनि बताएका छन् । उनले कालापानीको समस्या फौजी गतिविधिबाट हुनुपर्छ भन्ने धारणा नराखेको पनि उनको भनाई छ । ‘यो विषयको समाधान कुनै फौजी गतिविधिबाट हुन्छ वा हुनुपर्छ भन्ने मान्यता मैले आजसम्म राखेको छैन । हामी हाम्रो भूमि रक्षाका निम्ति जस्तै कठिन संघर्ष र बलिदानी भूमिका निभाउन तयार छौं । तर, सीमा मामिला सुल्झाउने अनेकन मार्ग प्रशस्त हुँदाहुँदै अहिल्यै फौजी विधिबाट अगाडि बढ्ने विषय आउन सक्दैन’, उनले भनेका छन् ।

उनले सार्वजनिक गरेका धारणा अनुसार हाम्रो सरकार र समस्त जनता सीमा विवादको समाधान कुटनैतिक विधिबाट गर्नुपर्नेमा दृढ रहेको पनि बताएका छन् । ‘यस्तो अवस्थामा एक युट्युब च्यानलले मलाई जोडेर अनर्गल प्रचार गरेको छ ।मैले चीनसँग हतियार लिएर भारतसँग बदला लिनुपर्छ भन्नेजस्ता अव्यवहारिक, असान्दर्भिक तथा उत्तेजक अभिव्यक्ति दिएको भनी प्रशारित उक्त च्यानलले मेरो मानमर्दन गरेको छ’, उनले भनेका छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *