काठमाडौं। सोमबार ५ सय ३५ जना कोरोना संक्रमित थपिएका छन । जसमध्ये ४ सय ६१ पुरुष र ७४ जना महिला छन । उपचारपछि निको भएर आज ३७० जना पुरुष डिस्चार्ज भएका छन । जसमध्ये ३२ महिला र ३ सय ६८ पुरुष छन ।
हलसम्म नेपालमा कोरोना संक्रमितको संख्या ९ हजार ५ सय ६१ पुगेको छ । रसुवा बाहेकका सबै जिल्लामा कोरोना संक्रमण देखिएको छ । ८ हजार ६ सय ७६ पुरुष र पाँच सय ८ सय ९४ जना महिलामा कोरोना पुष्टि भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता पा.डा जागेश्वर गौतमले नियमित पत्रकार सम्मेलनमार्फत जानकारी दिए ।
हलासम्म कोरोनालाई जितेर २१ सय ४२ जना डिस्चार्ज भएका छन । जसमध्ये १९ सय ६१ पुरुष र १ सय ६१ महिला छन ।
हालसम्म १ लाख ८१ हजार ३ सय ७१ जनाको पीसीआर विधिबाट परिक्षण भएको छ । यसै गरी आरटीडी विधिबाट २ लाख ६८ हजार १ सय ३ जनाको परिक्षण भएको छ । क्वारेन्टाइनमा ९० हजार ७ सय ३ जना र आइसोलेशनमा ७ हजार ७ सय ८९ जना रहेको मन्त्रालयले जनाएको छ ।
हलसम्म २३ जनाको कोरोनाका कारण मृत्यू भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
ताजा समाचार




