ताजा समाचार

आइतवार ४२१ जनामा कोरोना पुष्टि भएसंगै संक्रमितको संख्या ९ हजार २६ पुग्यो

काठमाडौं। आइतवार ४ सय २१ जना कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमित मध्ये ३ सय ७५ जना पुरुष र ६४ जना महिला छन ।
७७ जिल्ला मध्ये ७५ जिल्ला कोरोना देखिएको छ । नेपालमा ९ हजार २६ कोरोना संक्रमितको संख्या पुगेको छ । जसमध्ये ८ हजार २ सय ६ जना पुरुष र ८ सय २० जना महिलामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले जानकारी दिए ।

आइतबार १ सय ९४ जनाको डिस्चार्ज भएका छन । जसमध्ये १ सय ८६ जना पुरुष र ८ जना महलिा छन । हालसम्म कोरोनाको उपचारपछि निको भएर १७ सय ७२ जना घर फर्केका छन । जसमध्ये १६ सय २३ पुरुष र १ सय ४९ जना महिला छन । २२ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
नेपालमा पीसीआर विधिबाट १ लाख ७५ हजार १ सय ७३ जनाको परिक्षण भएको छ भने आरडिटी विधिबाट २ लाख ६२ हजार १ सय ७४ जनाको परिक्षण भएको मन्त्रालयका प्रवक्ताले जानकारी दिए । क्वारेनटाइनमा ९४ हजार जना छन । आइसोलेशनमा ७ हजार २ सय ३१ जना छन ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *