ताजा समाचार

सूर्य ग्रहण र यसले विश्वमा पार्ने प्रभाव

 ज्येष्ठ ७ गते हुने सूर्यग्रहणका दिन नेपाली समय अनुसार बिहान  १०:५० बजे   ग्रहणस्पर्श अर्थात् ग्रहण आरम्भ हुँदैछ । ग्रहणको मध्याह्नको समय दिउँसो  १२.३८ बजे र ग्रहण मोक्ष दिनको २ बजेर २३ मिनेटमा हुनेछ । ग्रहण ३ घण्टा  ३३ मिनेट लामो हुनेछ । संसार भर रहने १२ राशिका प्राणीलाई  विभिन्न प्रकार शुभ अशुभ फल प्राप्त हुनेछन्।
ज्योतिष शास्त्रको प्रशंसा गर्दै चाणक्यले भनेका छन्
दूतो न संचरति खे न चलेच्च वार्ता
पूर्वं न जल्पितमिदं न च सङ्गमो$स्ति।
व्योम्निस्थिताञ्च सकलानपि देवतत्वान्
जानाति यो द्विजवर: स कथं न विद्वान् ।
अन्तरीक्ष र पृथ्वीको न त कुनै दौत्य सम्बन्ध छ न त कुनै दूतहरू छन् जसले एक आपसमा सूचना आदान प्रदान गरुन् त  त्यहाँ दोहोरो वार्तालाप हुने भेला नै हुन्छ । तैपनि आकाशमा भएका सकल ग्रह आदि दैवीय वा प्राकृतिक तत्वहरूको प्रभावलाई बुझेर भूत भविष्य र वर्तमान पत्ता लगाउने ब्राह्मणलाई विद्वान् नभनेर के भनूँ?
१२ राशिको  ग्रहण फल यस प्रकार रहेको छ।
मेष : श्रीप्राप्ति अर्थात् धन सम्पत्ति  श्री समृद्धि प्राप्ति हुनेछ तर  प्राप्त सम्पत्ति तपाईंको  मदोन्मत्त प्रवृत्तिलाई  बढाउने नहोस् यसको   ख्याल राख्नुहोला।
वृष : क्षति यानी कि घाटाको सौदा हुने वाला छ  कारोबार या लेनदेनमा सचेत रहनुहोस्।न केवल पैसा अपितु हजुर हर क्षेत्रमा सचेत रहनुहोस्।
मिथुन : घात हुनेछ।हजुरका समस्याहरु बढिरहेका छन् ।अरू भन्दा आफैंमा विश्वास गर्न सिक्नुहोस्।
कर्क : व्यय।खर्चको टाइम बढिरहेको छ  है सेविंगमा ध्यान दिनुहोस्।
सिंह : लाभ। मुनाफाको टाइम चलिरहेको छ।सहयोग खोज्नेलाई हर प्रकारबाट सहयोग गर्नुहोस् । तपाईंको भलो हुनेछ ।
कन्या : सुख।सुख प्राप्ति हुनेछ।सचेत  रहनुहोस् किन कि भोगे रोग भयं यानी कि सुख भोगमा रोगको पनि  आगमन हुनसक्छ ।
तुला : माननाश: ।तपाईंको मानको पनि नाश हुन सक्छ सतर्क रहनुहोस् । तपाईंका  वासना क्रोध र  अभिमानलाई  त्याग दिनुहोस् नत्र तपाईंले मूल्य चुकाउनुपर्ने छ ।
वृश्चिक : कष्ट  यो  समय तपाईंका लागि कष्टकारक छ। चुनौतिको  सामना गर्न  तयार हुनुहोस् ।आउने  हर चुनौतिले हजुरलाई  सबल बन्न   सहयोग गर्नेछन्  त्यसैले तपाईं हार न मानिकन लडेर  उठने प्रयास गर्नुहोस् ।
धनु : स्त्रीपीडा । नजदीकका  स्त्रीका  कारण तपाईंलाई  पीडा हुने  सम्भावना छ ।यो फल धनु राशी भएका स्त्री पुरुष दुबैलाई समान रहेको छ।
मकर : सौख्य । समय राम्रो चलिरहेको छ यो राम्रो समयलाई  अरुको भलाइमा  लगाउनुहोस् तपाईंको  विपत्तिको समयमा यो पुण्यकर्म तपाईंको काममा आउनेछ।
कुम्भ : चिन्ता।तपाईंलाई चौतर्फी रूपमा चिन्ताहरूले घेर्न सक्छन् तर चिन्ता रोगकारक हो त्यसैले तपाईं ध्यान प्राणायाम योग गर्नुहोस् यसले तपाईंलाई तनावबाट टाढा  रहन  सहयोग गर्नेछ।
मीन :  व्यथा। आन्तरिक क्लेश या दु:खले तपाईंलाई  सताउने छ तपाईं डिप्रेसन होइन मोटिवेसनमा सवार हुनुहोस्  समय विपरीत चल्दैछ  धैर्य साथ अगाडी बढ्नुहोस् स्वयंलाई शारीरिक र मानसिक रूपमा  फिट राख्नका लागि  अध्यात्मको  सहारा लिन सक्नुहुन्छ।
३ घंटे ३३ मिनेट सम्म कसैलाई पनि सुत्न,शौचालय जान,सेक्स गर्न,शृंगार गर्न ,भोजन गर्न,कसैलाई बन्धनमा  राख्न  या कुनै पनि हिंसा गर्न प सर्वथा ग्रहणकालमा  वर्जित छ। सूर्य ग्रहणको  समयमा  आउने दूषित
विकिरणका  कारण उपरोक्त कर्मले हाम्रो  मानसिक,शारीरिक,र आध्यात्मिक शक्तिको ह्रास गराउन सक्छ ।
ग्रहणको दिनमा दान दिंदा अक्षय पुण्य प्राप्त हुने हुनाले यो दिनमा मठ मन्दिर वा अन्य सामाजिक परोपकारी स्थलमा गएर दान दिंदा उत्तम हुनेछ। ग्रहणकालमा कुनै तीर्थस्थल वा नदी किनारमा गएर मन्त्र जप गरे सिद्धी प्राप्त हुने शास्त्रीय मान्यता छ। मन्दिरमा गएर भजन कीर्तन गरेर बस्नुपनि उत्तम हुनेछ।।
असार ६ गते कृष्ण औंशीका दिनमा यौठा अचम्मको संयोग देखिने  छ नेपालको भूभाग कालापानी लिपुलेक र लिम्पियाधुराबाट ९८ प्रतिशत सम्म सूर्य ढाकिएको देखिनेछ । यसले भविष्यमा गएर नेपाल भारत र चीनसंगका सीमानामा थप समस्याहरु फैलने सम्भावना छ । यो रोगले विश्वका अधिकांश देशहरुमा सीमा विवाद बढेको निकट भविष्यमा देख्न पाइनेछ।
ग्रहणका दिनमा सूर्य ढाकिने हुनाले तापक्रम घट्नेछ र हामीलाई चिसोको अनुभूति हुनेछ । यसदिनमा हामिले दुईपटक बिहान भएजस्तो महसुस गर्नेछौं ।शास्त्रीय मान्यता अनुसार मेष,सिंह,कन्या एवं मकर राशिवालाले  मात्र हेर्न भनिएतापनी वैज्ञानिक उपकरणहरूको प्रयोग गरेर हेर्न सकिनेछ ।नाङ्गो आँखाले सूर्यग्रहण हेर्नू हुँदैन यसले आँखालाई कमजोर बनाउँछ।
कङ्गो ,मस्कट,यमन,ओमान्,दक्षिण पाकिस्तान ,भारत,चीन र तिब्बत आदिबाट वलय सूर्यग्रहण देखिनेछ ।
छोड दैत्य  छोड भगवानलाई दु:ख न दे छोड दैत्य छोड भनेर नेपाली समाजमा ग्रहणका दिनमा यो भजन गाइन्छ। पौराणिक मान्यता अनुसार समुद्र मन्थनबाट निस्किएको अमृत देवतालाई झुक्याएर एक दैत्यले  पान गरेको र सो दैत्य सूर्य र चन्द्रमाको बिचमा  बसेको साथै  सूर्य र चन्द्रमाले मोहिनी अवतार भगवानलाई यसको सूचना दिए। भगवानको चक्रबाट शिर र शरीर अलग भए पनि सो दैत्य मरेन र फलस्वरूप उसको त्यो शरीरको दुई भागलाई राहु र केतुको नाम दिएर ग्रहको श्रेणीमा राखिएको, उनै राहु र केतुले सूर्य चन्द्रमालाई छेक्ने हुनाले सूर्यग्रहण र चन्द्रग्रहण लागेको मानिन्छ ।
 ग्रहण संबंधित विश्वास न केवल हाम्रो समाजमा अपितु विश्वभर रहेको छ। प्राचीन मिश्रका सूर्यवंशी राजा ग्रहणका दिनमा नगरको स्थापित मन्दिरमा परिक्रमा गर्थे भन्ने मान्यता एवं प्रमाण छ। रोमनका मान्छेहरु ग्रहणको अवधिमा कोलाहल गर्ने चिच्याउने हल्ला खल्ला गर्ने गर्छन् भने चिनमा पनि ग्रहणलाई ड्र्यागन संग जोडेर हेरिने गरेको पाइन्छ।
नेपालबाट अब ४४ र ४५ बर्षको बिचमा यस्तो ग्रहण देख्न पाइनेछ। यस सूर्यग्रहण पश्चात् आउने चन्द्रमाले केही शुभ संकेत पनि लिएर आउने छ । चन्द्रमा अमृतकारक ग्रह हो त्यसैले कोरोना भाइरसको प्रभावलाई कम गर्ने केही तत्व प्राप्त हुने सम्भावना छ। अर्को तर्फ यसपालीको ग्रहण पछि अन्य समयमा भन्दा बढी प्राकृतिक विपत्ति बाढी पहिरोले जनमानसलाई त्रस्त बनाउने छ। विश्वभर हुने जल संबंधित प्राकृतिक प्रकोप यसपालि बढेर जानेछ।
चन्द्रकान्त पौडेल ,ज्यौतिषाचार्य
नेपाल संस्कृत विश्वविद्यालय

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *