ताजा समाचार

सर्वज्ञता प्रधानमन्त्रीको थप स्वास्थ्य समस्या

प्रशंसा गर्ने मुटु नभएका जनताको देशका प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रश्न गर्न मन लागेको छ, प्रधानमन्त्री ज्यू प्रसंशा गर्ने काम के–के भएका छन ? निर्मला पन्तको बलत्कार र हत्याका दोशीहरु आजसम्म फेला परेका छैनन । प्रमाण नष्ट बनाउने काम तपाईँकै नेतृत्वमा रहेको स्थानीय प्रहरी प्रशानबाट भएकोमा प्रधानमन्त्रीको प्रशंसा गर्ने मुटु खोज्नु भएको हो ? जम्मा भएको ३३ किलो सुन र वाइडबडीमा भएको भएको भ्रष्टाचार र अनियमितताका प्रति जनताले मुक्त कण्ठले प्रशंसा नगरेकोमा दुःख मान्नु भएको हो ? होली वाइन, कुलपति काण्डलाई लुकाउन÷ दवाउन नसकेकाप्रति रोष व्यक्त गर्ने क्रममा आक्रोशित भएर आफ्ना प्रशंसकहरुले बचाउ गरेनन भनी असन्तुष्टि सार्वजनिक गर्दा देशमा मुटु भएका सम्पादकहरु नभेटिएका त होइनन ? यति गु्रपसंगको व्यापारिक साझेदारी सम्पादकहरुले सार्वजनिक गरिदिएको प्रति व्यांग्य गर्न आफ्नो गृह गाउँमा सोही एयरलाइन्सको हेलिकोप्टरबाट केक उतार्न आदेश भएको त होइन ? बलुवाटारबाट जग्गा प्रकरणमा पार्टीका महासचिवलाई सफाई दिएकोमा आम जनताले दिपावली गरेनन भन्ने गुनासो गर्नु भएको हो कि ? सरुवा,बढुवा,नियुक्तिमा भएको लेनदेन कारोवार,ठेक्का,खरिद प्रक्रियामा भएको भ्रष्टाचारको सबै घटना किन प्रेसमा आउदैन,खास खास घटनामात्र सार्वजनिक हुन्छन । यसको पछाडी के रहस्य खोतल्न नसकेकाले आन्योल बढेको त होइन ? रुकुम घटनालाई विषायन्तर गर्ने प्रयासमा एकिकृत पार्टीका मानिसहरुलाई सहयोग पुर्याउने÷नपुर्याउने भन्ने द्विविधाले त यस्तो अस्तव्यस्त अभिव्यक्ति आएको होइन ?

कालापानी क्षेत्रमा भारतले बनाएको सडकका बारेमा जानकारी प्राप्त हुन नसक्ने हाम्रो प्रधानमन्त्रीको संयन्त्रलाई विश्वव्यापी समस्याको रुपमा देखिएको कोरोना सामान्य रुघाखोकीको समस्या हो भन्ने वैज्ञानिक ज्ञानको जानकारी कहाँबाट प्राप्त हुन्छ ? दश अरव खर्च भएपछिको ज्ञान हो कि,स्थिति भयाभह भएपछिको उखान टुक्का हो ? कि ओम्नी समुहको नाउमा खरिद स्वास्थ सामाग्रीमा भ्रष्टाचार भएको सन्दर्भलाई आवस्यकता भन्दा बढी प्राथमिकता दिएकोमा हर्सित भएर बेसारको महिमा सुनाउन समय खर्चिनु भएको हो ? बेसार प्रवचनप्रति पुरस्कृत गरिनुपर्छ भन्ने आग्रहत होइन ? प्रधानमन्त्रीले थाहा नपाएको सडकको उद्घाटन भारतीय पक्षबाट भएपछि नेपाली जनताले दिएको प्रतिक्रिया र दवावका कारण नेपालको नक्सा संशोधन गर्न संविधान संशोधन राखि सबैको सहयोगमा उक्त प्रस्ताव पारित भई संविधान संशोधन भएको खुसियालीमा बालुवाटारमा संगीत सन्ध्या आयोजना गर्न नपाएकोमा प्रधानमन्त्री ओली अनावस्यक टिकटिप्पणीमा आउनु भएको हो ।

वास्तवमा प्रधानमन्त्रीले नेपाली जनताको अभिमत के कुन उद्देश्यका लागि आफ्नो दललाई प्राप्त भएको हो भन्ने हालसम्म बुझाउन सक्नु भएको छैन । संसदमा संख्या र सत्ता प्रप्तिले मात्र उद्देश्य हासिल नहुने रहेछ भन्ने भ्रममा अझै सरकार, सत्तारुढ दल, र दलसंग सम्वद्ध नेता तथा कार्यकर्ता रहनु सबैभन्दा दुर्भाग्यपूर्ण हो । यस्तो मौका अब कहिल्यौ आउदैन भन्ने मानशिकताबाट ग्रसित भएर सत्तासंग नजिक रहेका तलदेखि माथिसम्मका नेता कार्यकर्ता भ्रष्टाचारमा चुर्लुम्म डुबेका छन । देश,पार्टी, व्यवस्था,सिद्धान्त,आदर्श,उद्देश्य र लक्ष्य सबै टुकुचामा बगाएर कमाउने अभियानमा अधिकांश नेता तथा कार्यकर्ता केन्द्रित भएका छन । जसले गर्दा पार्टी भित्र,बाहिर सरकारको विरोध भएको छ । उक्त विरोध,आन्दोलन, असहयोग तथा अनियमितता एवं भ्रष्टाचारलाई ठीक छ भन्ने जमात पार्टी भित्र बाहिर नआउदा र आफूले आरिङ्गाल भएर आक्रमण गर्न दिएको निर्देशन प्रशंसा नभएकोप्रति प्रधानमन्त्रीको चरम असन्तुष्टि देखिन्छ । यसमा मुटु भएका सम्पादकको खोजी सहयोगका लागि भएको पनि हुनसक्छ ।

सबैलाई जानकारी छ, हाम्रो प्रधानमन्त्री विरामी हुनुुहुन्छ । यसै बीचमा दुई दुई वटा जटिल शाल्यक्रिया समेत गर्नु भएको छ । अन्य मानिसले नपाउने सुविधा लिएर भान्जी नता पर्नेको मिर्गौला प्रत्यारोपण गर्नु भएको छ । त्यसमा पनि सम्पादकहरुले खासै कलम चलाएनन । अरु मानिसहरुले त्यस्तो नता पर्ने खोजेर मिर्गौला लिएको भए कानून बमोजिम सजायको भागीदार बनिसक्नु पथ्र्यो। तर, यसमा सल्लाह दिने र लिन एवं दिन सकिने चिकित्सकीय राय दिने प्रधानमन्त्रीकी निजि किचित्कस डा. दिव्या सिंह शाहलाई डा. गोविन्द केसीसंग भएको सहमति बमोजिम हुदै आएको वरिष्ठ चिकित्सकलाई चिकित्सा विज्ञान अध्ययन संस्थानको डिन नियुक्त गर्ने परम्परा र प्रचलन विपरित पुरस्कृत गरिदिएको छ । यस्तो कार्यमा प्रत्यक्ष हस्तक्षेप भएकोप्रति प्रधानमन्त्रीको प्रशंसा गर्नुपर्छ भन्ने आग्रहलाई आम मानिसले तथा सम्वन्धित सरोकारवालाहरुले जायज मान्न सक्छन ? सरकार र सरकारको नेतृत्वकर्ता प्रधानमन्त्रीले सरकार गठनका दिनदेखि आजसम्म गरेका कुनै यस्ता काम छन जसको प्रशंसा गर्न सकियोस । पानी जहाज, रेल, ग्यास पाइप, सुखी नेपाली संमृद्ध नेपाल,शुसाशन, भ्रष्टाचार, अनियमितता,ठूला ठूला कण्डहरुमात्र होइन संसदमा जवाफ दिने क्रममा तथा अन्य विषय र सन्दर्भमा व्यक्त धारणा र विचारलाई लिएर सन्तोष गर्ने ठाउँसम्म बनाउन नसक्नु सरकारकाको असफलता नै हो ।

राज्यको दश अरव खर्च भएको फेहरिस्त सार्वजनिक गर्ने,औसधी खरिदमा व्यापक भ्रष्टाचार हुने,बन्दावन्दीले आर्थिक गतिविधि ठप्प भई राष्ट्र सेवकलाई पारिश्रमिक दिनसम्म नसक्ने अवस्थामा राज्य पुगेको अवस्थामा कोभिड १९ केही होइन सामान्य हो,हाच्छिउ गरेर पचाउनु पर्छ, आगामी फागुनसम्म यसको असर रहन्छ आदि इत्यादी कुरासँग कस्तो तालमेल छ ? समस्या,सन्दर्भ र यथार्थता कतै मेल खान्छ ? कार्यकारी प्रमुखले सार्वजनिक खपतका लागि यस्तो अभिव्यक्ति दिन्छन ? संसदमा दिने जवाफ यस्तै हुन्छ ? त्यसैले होला मानिसहरु भन्छन कि रोगी प्रधानमन्त्रीले प्रयोग गरेका औसधीहरुको असर हो,उहाँलाई बोल्न मन लाग्छ,गाउन मन लाग्छ, कवि बन्न मन लाग्छ । सबै क्षमता भएको मानिस हु भन्ने देखाउन-सुनाउन हतार हुन्छ । कुनै पनि जिम्मेवारीमा रहेको व्यक्तिले आफूलाई प्राप्त जिम्मेवारी भन्दा बढी बुझ्न र गर्न खोज्यो भने यस्तै असफलता हात लाग्छ । प्रधानमन्त्रीलाई सबै क्षेत्रको ज्ञान, दक्षता र अनुभव हासिल भएको व्यक्तिको रुपमा आफूलाई प्रस्तुत गर्ने जटिल रोगको समस्याका कारण देशमा अन्यौल,अविकसित,अनिश्चितता र भ्रष्टाचारको बढोत्तरी भई राष्ट्र असफल हुने दिशातर्फ उन्मुख भएको हो । यसलाई सच्याई ठीक ढंगमा ल्याउने दायित्वबाट पार्टीका अन्य नेता र प्रतिपक्ष दल समेत चुकेको सवत्र्र महसुस भएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *