ताजा समाचार

शनिवार थपिए ३३१ संक्रमित, नेपालमा कोरोना संक्रमितको संख्या ८ हजार ६ सय ५ पुग्यो

काठमाडौं। शनिबार ३ सय ३१ जना कोरोना संक्रमित थपिएका छन । संक्रमित मध्ये २ सय ८२ जना पुरुष र ४९ जना महिला छन ।
७७ जिल्ला मध्ये ७४ जिल्ला कोरोना देखिएको छ । नेपालमा ८ हजार ६ सय ५ कोरोना संक्रमितको संख्या पुगेको छ । जसमध्ये ७ हजार ८ सय ४९ जना पुरुष र ७ सय ५६ जना महिलामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले जानकारी दिए ।

शनिबार १ सय ७६ जनाको डिस्चार्ज भएका छन । जसमध्ये १ सय ५८ जना पुरुष र १८ जना महलिा छन । हालसम्म कोरोनाको उपचारपछि निको भएर १५ सय ७८ जना घर फर्केका छन । जसमध्ये १४ सय ३७ पुरुष र १ सय ४१ जना महिला छन । २२ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
नेपालमा पीसीआर विधिबाट १ लाख ६९ हजार १ सय ६५ जनाको परिक्षण भएको छ भने आरडिटी विधिबाट २ लाख ५२ हजार ३ सय जनाको परिक्षण भएको मन्त्रालयका प्रवक्ताले जानकारी दिए । क्वारेनटाइनमा १ लाख २२ हजार ४५ जना छन । आइसोलेशनमा ७ हजार ५ जना छन ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *