ताजा समाचार

नेकपा सचिवालय बस्दै,एमसिसी र नागरिकतासम्बन्धी विधेयकका विवादित विषयमा छलफल हुने

काठमाडौँ।सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक आज बस्दैछ । प्रधानमन्त्री निवास बालुवाटारमा बिहान ९ बजे बस्ने गरी बैठक तय भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार एवं नेकपाका केन्द्रीय प्रचार विभाग उपप्रमुख सूर्य थापाले जानकारी दिए ।

बैठकमाा यही असार १० र ११ गते बस्ने नेकपाको स्थायी कमिटी बैठकको तयारी, संसदीय समितिमा विचाराधीन नागरिकतासम्बन्धी विधेयकका विवादित विषय, संसद्मा दर्ता भएको अमेरिकी सहायता परियोजना (एमसिसी) अनुमोदनको प्रस्ताव आदि विषयमा छलफल हुने जनाइएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *