ताजा समाचार

भिडियो कन्फ्रेन्सले नेकपामा नयाँ विवाद शुरु, विदेश विभागलाई पन्छाउदा कार्यक्रम नै विवादित

काठमाडौं । नेकपा र चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) का नेताहरुबीच हुने भनिएको भिडियो कन्फ्रेन्सले नेकपामा नयाँ विवाद निम्त्याएको छ ।
विदेश विभागलाई कुनै जानकारी नै नदिइ कार्यक्रम राखेको भन्द नयाँ विवाद सुरु भएको हो । नेकपाको विदेश विभागले भिडियो कन्फ्रेन्सका बारेमा असन्तुष्टी जनाएको छ । नेकपाको स्कुल विभागले आयोजना गरेको भनिएको यो कार्यक्रमबारे विदेश सम्बन्ध राख्ने वैधानिक निकाय विदेश विभागले अनविज्ञता प्रकट गर्दै आफुहरुसँग कुनै समन्वय नै नभएकाले त्यसबारे आफुहरुलाई कुनै जानकारी नभएको प्रष्ट पारेको छ ।
नेकपाको स्कुल विभाग प्रमुखमा इश्वर पोखरेल संयोजक रहेका छन् । उनले पार्टीको विदेश विभागलाई कुनै जानकारी नदिई कार्यक्रम आयोजना गरेका थिए । शुक्रबार अपरान्ह भिडियो कन्फरेन्समार्फत दुवै देशका पार्टी नेताहरुबीच विभिन्न विषयमा छलफल तथा अनुभव आदानप्रदान गर्न भिडियो कन्फरेन्स हुँदैछ ।
नेकपाको स्कूल विभाग र चिनियाँ कम्युनिस्ट पार्टीको अन्तर्राष्ट्रिय विभागको संयुक्त रूपमा आयोजनामा हुने कन्फरेन्समा नेकपाका अध्यक्ष प्रचण्डसहित झण्डै सय जना नेताहरु सहभागी भएको छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *