ताजा समाचार

शुक्रवार थपिए ४ सय २६ संक्रमित, ७ हजार २ सय ७४ जनामा कोरोना पुष्टि

काठमाडौं।शुक्रवार ४ सय २६ जना कोरोना संक्रमित थपिएका छन । संक्रमित मध्ये ३ सय ३८ जना पुरुष र ८८ जना महिला छन ।
नेपालमा ७४ जिल्लाका ८ हजार २ सय ७४ कोरोना संक्रमितको संख्या पुगेको छ । जसमध्ये ७ हजार ५ सय ७४ पुरुष र ७ सय ७ जना महिलामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले जानकारी दिए ।

नेपालमा पीसीआर विधिबाट १ लाख ६१ हजार ७ सय ४९ जनाको परिक्षण भएको छ भने आरडिटी विधिबाट २ लाख ४७ हजार ८ सय ७४ जनाको परिक्षण भएको मन्त्रालयका प्रवक्ताले जानकारी दिए । क्वारेनटाइनमा १ लाख ९ हजार ४ सय ६१ जना छन । आइसोलेशनमा ६ हजार ८ सय ५० जना छन ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *