ताजा समाचार

किन मन्त्रिपरिषद पुर्नगठन गर्ने मुडमा पुगे प्रधानमन्त्री ओली ?

काठमाडाैं। प्रधानमन्त्री केपी शर्मा ओलीले एक हप्ता अघिको एक बैठकमा मन्त्रीहरुलाई इगित गर्दै भने–अब म दुई वर्ष कार्यकाल पुगेका मन्त्रीहरुलाई के काम दिने भनेर सोचिरहेको छु । प्रधानमन्त्री ओलीले त्यसो भनिरहँदा सबै मन्त्रीहरुले कुरा सुनिरहेकै थिए । कोही मन्त्रीहरुले पनि यो विषयमा प्रतिवाद गरेनन । मन्त्रिपरिषद स्रोतका अनुसार प्रधानमन्त्री ओलीले कोरोना (कोभिड–१९) भाइरस रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समिति निष्कृय बनाउने भन्दै मन्त्रिहरुको कामबारे असन्तुष्ट रहेको जनाउ दिएका थिए ।

प्रधानमन्त्री ओलीले उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलको संयोजकत्वमा रहेको उच्चस्तरीय समन्वय समितिले सन्तोषजनक काम गर्न नसकेको भन्ने गुनासो मन्त्रिपरिषद बैठकमा उठाउँदै यसलाई निष्कृय भएको निर्णय गराउदै मन्त्रीहरु फेर्ने सम्मको संकेत गरेका थिए । गत हप्ता बुधबार बसेको मन्त्रिपरिषद बैठकमा प्रधानमन्त्री ओलीले पोखरेल समितिले काम नगरेका भन्दै कोभिड –१९ क्राइसिस म्यानेजमेण्ट सेण्टर (सीसीएमसी) लाई सक्रिय बनाउने निर्णय गरेका थिए । त्यसका लागि सञ्चालक समितिमा तीन मन्त्रीलाई समेत थप गरिएको थियो । उनले त्यसदिन मन्त्रीहरुलाई उच्चस्तरीय समन्वय समिति निष्कृय मात्रै बनाउने कुरा गरेनन २ बर्ष पुगेका मन्त्रीहरुलाई विदा गर्ने संकेत समेत गरेका थिए ।

‘प्रधानमन्त्री ओलीले उच्चस्तरीय समन्वय समितिलाई खारेज नगर्ने तर यसलाई निष्कृय बनाएर जानुपर्छ बरु सीसीएमसीलाई प्रभावकारी बनाउन तीन मन्त्रीलाई थपौ भन्ने प्रस्ताव गर्नु भयो त्यही समिति निष्कृय पारेर सीसीएमसीलाई सक्रिय पारिएको हो’, एक मन्त्रीले भने । उनका अनुुसार समन्वय समिति र सीसीएमसीको कार्यक्षेत्र एउटै देखिएको, काम पनि बाँझिएको र एकले अर्कालाई असहयोग गरेको जस्तो देखिएको भन्दै नेपाली सेनाले पटक पटक गुनासो गरेपछि प्रधानमन्त्री ओलीले त्यसलाई निष्कृय बनाएका हुन् । उनले समन्वय समितिबाट लाडाउन खोल्ने मोडालिटी समेत तयार पार्न नसकेको आरोप पनि लगाएका थिए । ‘यस्तै हो र जिम्मेवारी पूरा नगर्ने हो दुई वर्ष भन्दा बढी मन्त्री हुनुभएकाहरु विदा हुने अवस्था आउनेछ’, प्रधानमन्त्री ओलीको भनाई उद्यृत गर्दै ती मन्त्रीले भने । ती मन्त्रीका अनुसार प्रधानमन्त्री ओली दुई वर्ष पुगेका सबै मन्त्रिलाई विदा गर्ने पक्षमा रहेका छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *