कोशी प्रदेश

नेकपाले नगरपालिकामाथि लगाएको आरोप कपोलकल्पित र निराधार : नगर प्रमुख राई

उदयपुर। केहि दिन अघि नेपाल कम्युनिष्ट पार्टी (नेकपा) चौदण्डी गढी नगरकार्य समितिले प्रेस सम्मेलन गर्दै चौदण्डी गढी नगरपालिका माथि लगाएको आरोप निराधार, कपोलकल्पित तथ्य र आधारहिन,झुठको खेति र भ्रामक भएको भन्दै त्यसको पछि नलाग्न नगर प्रमुख खगेन्द्र राईले एक पत्रकार सम्मेलनमार्फत आग्रह गरेका छन ।
जनताका प्रत्यक्ष सरोकार राख्ने भौतिक तथा आर्थिक बिकासलाई उच्च प्राथमिकतामा राख्दै स्थानीय शासन संचालन ऐन ,नितिगत र आर्थिक नियमानुसार नगरपालिकामा उपलब्ध श्रोत साधनलाई पारदर्शी ढङ्गले कामकार्वाही भइरहेकोमा नेकपाले जेष्ठ २७ मा पत्रकार सम्मेलनमार्फत लगाएकाे १६ बुँदे आरोप प्रति गम्भीर ध्यानाकर्षण भएको भन्दै नकारात्मक टिप्पणि नगर्न र यसका पछि नलाग्न सम्पूर्ण नगरबासीहरुमा संचारकर्मीमार्फत हार्दिक अपिल गरिएकाे छ ।
  असार १ गते नगर प्रमुख खगेन्द्र राइको कार्यकक्षमा गरिएको पत्रकार सम्मेलनमार्फत बितरित बिज्ञप्तिमा नगरपालिकाले आर्थिक वर्ष २०७५/ ०७६ को नदिजन्य पदार्थ ठेक्का सम्बन्धमा ठेक्का नं ५ कबुल अंक ५० लाख र ठेक्का नं ७  ०७५/ ७६ बनलुवातर्फ कबोल अंक १ करोड २५ लाख भ्याट बाहेक राउत कन्ट्रक्सन प्रालिसंग संझौता रकम राजस्व परामर्श समितिको निर्णय अनुसार किस्ताबन्दिमा असुल गरिएको भनिएको छ ।
  सशस्त्र प्रहरी बेश क्याम्पका लागि मुख्य कार्यलय हलचोकको डिजाइनमा ५० लाखबाट भवन निर्माण र आबश्यक पूर्वाधार र भान्सा ,स्टाेर , ओभरहेड खाने पानी ट्याङ्की , बिधुत जडान का लागि १८ लाख खर्च भएको प्रमुख राईले बताए ।
  नगरपालिकाले १० लाखको लागतमा निर्माण गरिएको डम्पिङ साइड निर्माण भए पनि वार्ड नं ९ का केही युबाहरुको बिबादका कारण प्रयोगमा आउन नसकेको राईले बताए । प्रसोधन केन्द्र र डम्पिङ साइड केहि महिना भित्रै प्रयोगमा ल्याउने बताए ।
 आर्थिक बर्ष ७५/७६ मा वाडा ६ मा कवड हल निर्माणका लागि बिनियोजित रकम ३० लाखबाट ईष्टिमेट बमोजिमको गुणस्तर कायम गरि निर्माणकार्य सम्पन्न भएको बताइएको छ । संघीय सांसद डा. नारायण खड्काको संसद बिकास कोषकाट ३० लाख नगरपालिकाले नदि नियन्त्रणको कार्य गर्ने भनिए पनि स्थानीय आवश्यक्ता पुल ठहर भएकोले पुलमा लगानि गरिएको तर, नगरपालिकाले थप ५ लाख उपलब्ध नगराएको मेयर राइले जानकारी गराए ।
 १ लाख १६ हजार घनमिटर परिमाणमा निस्कासन गर्ने गरि गिटिक‍ो संझौता भए पनि देशले कोभिड १९ को माहामारिका कारण ९१ हजारघनमिटर मात्र निस्कासन गरिएको बिज्ञप्ति मार्फत जानकारि गराइको छ ।
  नेपाल सरकारले तोकेको विभिन्न ८ प्रकारका रोगका लागि बिपन्न परिवारका लागि ७५/७६ मा करिब ८७ लाख र ७६/७७ मा २७ लाख बितरण गरिएको मेयर राइले बताए ।
 नेकपाको ईन्धन सम्बन्धी आरोपको खण्डन पर्दै जनप्रतिनिधि तथा कर्मचारीलाई मासिक ५ लिटरका दरले बिपन्न तथा अति आश्यकीय काममा अाैषधि उपचारमा जान तथा मृत्यु लगायतका कामका लागि नगरबासिलाई एक पटकसम्म  सहयोग गरिएको बताए ।
 नगरबासिको सेवाका लागि सेवाग्राहको चापलाई ध्यान दिदै लोक सेवाको मापदण्ड अनुरुप कुनै राजनीतिक पूर्बाग्रह नराखि नियुक्ति गरिएको नगरप्रबक्ता रामकुमार खड्काले बताए ।
अमापदण्ड अनुसार आएका केडि स्यान्ड प्रोसेसिङ,बेलटार स्यान्ड प्रोसेसिङ कान्छाराम क्रसर उद्याेग दर्ता भएको बताईएको छ ।
प्राथमिक स्वास्थ्य केन्द्र लाई २० लाखबाट ट्रष्ट लगाइ अन्य बाँकि कार्य ६ लाख ७० हजारमा सम्पन्न भएको जनाइएकाे छ  ।
 यस नगरपालिकाका लागि प्रदेश सरकारबाट बेलटार, बिरेन्द्र बजारदेखि बंसिला घाट सडक स्तराेन्तिका लागि प्राप्त सशर्त अनुदान  १ करोड ३५ लाखबाट पसु हटियादेखि द्धार खोला किनार हुँदै बंसिला घाटसम्म डिपिआर बमोजिम कार्य गरिएको र बिलो रकमसमेत खाेला कटानको स्थायित्व्कोर लागि खर्च गरिएको मेयर राईले बताए ।

  नगरपालिकाको प्राथमिकतामा परेको  कालो पत्रे गर्ने योजना अनुरुप मदन भण्डारी  लाेकमार्ग रातामाटेदेखि सिटि हलसम्म  करिब ९ सय मिटर भित्र पर्ने पोल तथा घरका बरण्डा हटाउन वाडालाई जानकारी गराइए अनुसार हटाइ निमर्ण कार्य द्रुत गतिमा बढेको बिज्ञप्तिमा लेखिएको छ ।
   प्रबक्ता खडकाका अनुसार नगरपालिकाले बिगत ३ बर्षसम्म निरन्तर रुपमाा १ करोड भन्दा बढि रकम वडामा पठाइएको यसबाट बिधुत, खाने पानी ,सडक , मर्मत कार्य सम्पन्न भएको र आगामि आर्थिक वर्षमा वडा तथा नगरस्तरका ठूला आयोजना वडाकै सिफारिसमा संचालन गर्न  र मुलुकको बिपतको रुपमा रहेको कोरोना भाइरसको लागि मध्यनजर गर्दै बजेट व्यवस्थापन गर्दा एउटा वडालाई ५० लाख बजेट सिलिङ निर्धारण गरिएको प्रमुख राईले बताए ।
 नगरपालिका जनतासंग जोडिएका लोकतन्त्र जनजिबिकाका भौतिक बिकास र आर्थिक उन्नतिका सबाल भन्दा बाहिर जान नसक्ने बिज्ञप्ति मार्फत भनिएको छ ।
(लेखक कटुवाल संकल्प खवर डटकमका सहसम्पादक हुन)

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *