ताजा समाचार

गण्डकि प्रदेशमा आज थप २१ जनामा कोरोना पुष्टि, देशभर ६ हजार ६२० संक्रमित

काठमाडौं । नेपालमा आज थप २१ जनामा संक्रमण पुष्टि भएको छ। गण्डकी प्रदेशको स्वास्थ्य निर्देशनालयद्वारा बुधबार बिहान जारी सूचना अनुसार प्रदेशका दुई जिल्लाका २१ जनामा संक्रमण पुष्टि भएको हो।
निर्देशनालयका निर्देशक डा. विनोद विन्दु शर्माका अनुसार प्रदेशका दुइ जिल्ला नवलपरासी पूर्व र पर्वतका एक महिला र २० पुरुषमा कोरोना संक्रमण देखिएको हो । उनीहरु सबै भारतबाट आएर क्वारेन्टिनमा बसेका थिए ।

योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या २४७ पुगेको छ। देशभर ६ हजार ६ सय २० जना संक्रमित पुगेको छ  ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *