एजेन्सी । कोरोना भाइरस (कोभिड १९) बाट विश्वभर मृत्यु हुने व्यक्तिको संख्या ४ लाख ४५ हजार ९३७ पुगेको छ । साथै यस संक्रमणबाट विश्वभर ८२ लाख ५६ हजार पुगेको वल्डोमिटरर्सले जनाएको छ ।
नेपाली समयानुसार आइतबार बिहान प्राप्त समाचारअनुसार कोरोना भाइरसका कारण बिरामी भएका ४३ लाख ६ हजार ५१९ जना निको भएका छन्।। हाल विश्वभरमा कोरोना भाइरस संक्रमित ३५ लाख ४ हजार व्यक्ति उपचाररत रहेका छन् । संक्रमितहरुमा ५४ हजार ५९३ जनाको अवस्था गम्भीर रहेको जनाइएको छ ।
पछिल्लो २४ घन्टामा ६ हजार ५ सय ९२ जनाको मृत्यु भएको छ भने एक लाख ४२ हजार भन्दा धेरै संक्रमित फेला परेका छन् ।
नेपालमा पनि ६ हजार ५ सय ९१ जनामा संक्रमण पुष्टि भएको छ। तीमध्ये १ हजार १ सय ५८ जना संक्रमणमुक्त भएका छन् भने १९ जनाको मृत्यु भएको छ।




