ताजा समाचार

गोगंबुबाट १२ जुवाडे पक्राउ

 काठमाडौं । महानगरीय प्रहरी परिसर काठमाडौंको टोलीले मंगलबार साँझ गोंगबु गणेशस्थानस्थित एक जुवाअखडामा छापा मारी १२ जना जुवाडेलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा ८ पुरुष र ४ महिला छन् । महानगरीय प्रहरी परिसरका प्रवक्ता राजकुमार केसीले जुवा अखडामा छापा मारिएको बताए । जुवाखालाबाट २ लाख ७१ हजार रुपैयाँमात्र बरामद भएको जानकारी उनले दिएका छन् । उक्त जुवाअखाडाबाट पक्राउ परेकाहरुलाई महानगरीय प्रहरी बृत्त महाराजगंजमा राखिएको छ ।

महाराजगंज बृत्तका डीएसपी रोशन खड्काले पनि जुवाडेहरुको नाम सार्वजनिक गर्न नमिल्ने बताएका छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *