संसारको कुनैपनि राष्ट्रमा शासकको आचरण ,शैली र ब्यवहारका कारण त्यो देशका नागरिकको भविष्य निर्धारण भएको हुन्छ । शासकको शासकीय चरित्रले कुनै देश सम्बृद्ध भएको छ भने ति देशका नागरिक पनि सुखि र सम्पन्न भएका छन। कुनै देश कंगाल बनेको छन भने त्यस देशका नागरिकले बिकराल दु:ख र कष्ट ब्यहोर्नु परेकोछ । कतिपय राष्ट्र नै बिभाजन भएका छन भने ति देशको अर्थतन्त्र काेल्याप्स भएकाे छ।
बिगतको इतिहास हेर्ने हो भने शासकको शक्ति सत्ता लिप्सा र निजि महत्वकांक्ष्याका कारण करोडौं नागरिकले अनाहकमा आफ्नो ज्यान गुमाउनु परेको छ । राष्ट्रले ठूलो क्षति ब्यहोर्नु परेको छ । प्रथम बिश्वयुद्धपछि कतै साम्यवादी अभ्यासको नाममा त कतै सर्बसत्तावादी अधिनायकवादको नाममा बिश्वका धेरै मुलुकहरु प्रताडित बने।मानव इतिहास कै बर्बर र क्रुर नरसंहार भयो। बिशेष गरि पुर्वी युरोप, अफ्रीका र एसियाका केहि मुलुकहरु पनि हिंसाको चपेटामा परे ।करोडौं नागरिकहरु भोकमरीको शिकार बने। खासगरी साम्यवादी अभ्यास गरेका मुलुकका नागरिकहरु ज्यादा पीडित भए । साम्यवादी शासकका चरम अन्याय,अत्याचार र क्रुर दमनबाट असह्य बनेका ति नागरिकहरुले आफ्नो अधिकार र स्वतन्त्रताको लागि शान्तिपूर्ण अहिंसात्मक आन्दोलनमार्फत तानाशाही साम्यवादी शासन ब्यबस्थालाई बिदा गरिदिए । लोकतान्त्रिक शासन ब्यबस्थाको स्थापना भयो र त्यस देशका नागरिकले शान्तिसङ्ग स्वास फेर्न पाए। तर अझै एसिया,अफ्रिकी र केहि दक्षिण अमेरिकी मुलुकहरुमा साम्यवादी निरंकुश शासन ब्यबस्था कायम नै छ । जस्तै:- चीन, उत्तरकोरिया ,क्युवा, भेनेजुएला र लाओस आदि देशहरु। यि साम्यवादी राष्ट्र मध्ये चीनले मात्र आफ्नो अर्थतन्त्र सुधार गर्नसक्यो। यसको प्रमुख कारण चीनका उदारवादी नेता देङ्गसियायो पेङ्गका उदारवादी खुला बजार अर्थनितिका कारण बैदेशिक लगानी भित्रीएकाले चीनको अर्थतन्त्रले गति लिएको हो।
कम्युनिष्टहरुले भन्नेगरेको पूजिवादी मुलुक( प्रजातान्त्रिक मुलुक ) हरुको लगानिका कारण चीनको अर्थतन्त्र उकालो लागेको हो। लोकतान्त्रिक मुलुक युरोप र अमेरिकाको अझैपनि हजार (१०००)भन्दा बढि बहुराष्ट्रीय कम्पनि (उधाेग) हरु चीनमा सञ्चालित छन । तैपनि चीनको कुल जनसङ्ख्या को २८ प्रतिशत अर्थात ४०, करोड चिनिया नागरिक गरिबिको रेखामुनि छन् । तिनिहरुको औसत आम्दानी नेपालीको भन्दा कम छ । प्रति महिना प्रतिब्यक्ति आय नेरु ६ हजार बराबर छ । निरंकुश शासकहरुले गरिब, मजदुर र पिछडिएको वर्गको नाममा राजनीतिलाई सत्ता प्राप्त गर्ने भर्याङमात्र बनाउने र जब सत्तामा पुगेपछि शासकको ब्यबहारमा अकल्पनीय परिवर्तन हुने । तर, ति निमुखा, पिछडिएको बर्गको जीवनस्तर जस्ताको त्यस्तै रहने हुनाले शासकका उग्र र खोक्रा नारा निरर्थक र निष्प्रभाबि हुने गरेका छन्। यसको ज्वलन्त उदाहरण हाम्रो देश नेपाललाई लिन सकिन्छ । बिभिन्न कालखण्डमा नेपाली जनताको नाममा र समृद्दिकाे नारामा राजनीतिक परिवर्तनहरु भए। तर गरिब निमुखा जनताको जीवनस्तरमा कुनै परिवर्तन भएन । बि सं.२००७ साल देखिनै रट्ने गरिएको क्रान्तिकारी नारा हालसम्म यथावत नै छ भने नागरिकको जीवनस्तर पनि जहाकाे त्यहि छ । मानव समाजको चेतना र शासक बर्गको निरंकुश शैली बीच मतभिन्नता हुनु, निरंकुश बिचार नागरिकमा जबर्जस्त लादिनु आदि ।
आर्थिक र सामाजिक उत्थान नहुनु यसका प्रमुख कारण हुन । अहिले नेपालमा साम्यवादी निंरकुश सोच र बिचार बोकेका ,हिंसात्मक चेत बोकेका शासकहरु सत्तासीन रहेकोले अग्रगामी समाज परिवर्तन होइन आदिम साम्यवादी युगतर्फ फर्किन लागिएको होकि भन्ने आभास भएको छ। आदिम साम्यवादी युग मानव सभ्यताको बिकास क्रमको जंगली युग पछिको दोश्रो चरण को युग हो। अहिलेको मानव समाज त्यो चरण पार गर्दै नयां चरणमा प्रवेश गरेको हो।
नेपालका कम्युनिष्टहरुको यिनै पुरातन सोच र चिन्तनले नेपाली समाजलाई कतातिर डोर्याउंदैछ ? यसको संकेत खतरातर्फ उन्मुख छ । सत्ता र शक्तिको आडमा सरकार संरक्षित मानिसबाटै पटक पटक नागरिक को हत्या हुनु, अपराधिक घटना बारम्बार दोहोरिनु , अपराधिलाई जोगाउने प्रयत्न गर्नु , ति दलित , निमुखा ,गरिबहरुनै साशक बर्गबाट अन्याय थिचोमिचोको शिकार हुनु भनेको समाज अराजकता तिर उन्मुख हुनु र बिखण्डनको बाटोमा प्रवेश गर्नु हो। पछिल्लो घटनाको ज्वलन्त उदाहरण रुकुम सोतिको घटनालाई लिन सकिन्छ । एउटा दलित,निमुखा नवराज बिक सहित छ जनाको अत्यन्त अमानविय,क्रुर र पाशविक तवरले सत्ताधारी कै संरक्षण मा हत्या हुनु, उक्त उघटना लाइ ढाकछोप गर्न खोज्नु भनेको हिंसा र अपराधलाई बैद्धता दिन खोज्नु र हिंसात्मक चेतबाट मुक्त नहुनु हो ।
कस्तो सम्बृद्धि ?
अर्कोतर्फ बिश्वब्यापि रुपमा फैलिएको काेराेना भइरसको संक्रमणले नेपालीको जनजिवन थप कष्टकर बन्दै गएको छ भने भाइरसको संक्रमणबाट भन्दा लामो लकडाउनका कारण भोकमरीले नेपालीको ज्यान जोखिममा पर्ने र थप कष्टकर बन्ने भएकोले राज्य यसको प्रभावकारिी नियन्त्रण तथा ब्यबस्थापन गर्न पूर्णरुपमा असफल भएको छ।संक्रमण तिब्रगतिमा बृद्धि भै रहेको अवस्थामा संक्रमणलाई हल्का र ठट्टाको रुपमा लिइएकोले संक्रमित लाखौंको संख्यामा पुग्न सक्ने संकेत देखिएको छ। डब्ल्यूएचओले समेत अबको कसंक्रमणको इपीसेन्टर नेपाल हुनसक्ने चेतावनी दिएको छ । लाखौंलाखको संख्यामा बिदेशमा रहेका नेपाली स्वदेश फर्कनेक्रम तिब्रगतिमा बृद्धि भै रहेकोले सरकारको तयारी र ब्यबस्थापन देख्दा लाग्छ यो सरकार जनताको जीवन रक्षाको लागि बनेको सरकार नै होइन। राज्यमा सरकार नै छैन । क्वारेनटाइन र आइसाेलेशनजस्ता मेडिकल शब्दावलीको बारेमा ज्ञान भएको सरकार र सरकारका सल्लाहकारको उदासीनताले नागरिकलाई क्वारेन्टाइनमा सामुहिक रुपमा एकैठाउंमा राखिदा क्वारेन्टाइन नभएर मृत्युघाट जस्तो भएको छ। २/३ सय बिरामिको औषधी औषधोपचार तथा ब्यबस्थापन खर्च १०, अरब सकिएको सरकारी तथ्याङ्क बाहिर आएको छ । तर क्वारेन्टाइनमा एउटा प्यारासिटामाेल र जीवनजलसमेत नपाएर नागरिकको मृत्यु भएको समाचार बाहिर आएको छ।
सरकारले काेराेना भाइरसको बाहनामा एडीबी सङ्ग ३० अरब ऋण लिने सम्झौक्ता गरेको छ। तर उक्त ऋणको सही सदुपयोग हुन्छ भन्नेमा आम नेपाली आशङ्का छ। यो सरकार दलाल र माफियाको चंगुलमा र निर्देशनमा सञ्चालन भैरहेकोले राज्यका संयन्त्रहरु क्षतबिक्ष्यत भैसकेका छन । राज्यका संयन्त्र बिधि र पद्धतिबाट चल्न नसकेकाले कुनैपनि बेला राज्य र अर्थतन्त्र नै कोल्याप्स हुने अवस्था न आउला भन्न सकिन्न । देशमा गरिबी, भोकमरी,रोगब्याधी, ब्यथिति ,अराजकता र भ्रष्टाचारले गांजेर उठै नसक्ने गरि चक्रव्यूहमा फस्ने सम्भावना छ । यसको प्रमुख कारक बर्तमान कम्युनिष्ट सरकार नै हो । अर्कोतर्फ यो सरकार लोकतन्त्र ,नेपाली जन्ताको मौलिक हक र अधिकारप्रति अनुदार र अनुत्तरदायी बन्दै गएको छ । आफ्नो हातमा राजदण्ड प्राप्त हुनासाथ यिनिहरुले आफुसङ्ग सहकार्य गरेका लोकतान्त्रिक शक्तिलाई शत्रु देख्न थालेको छनक पाइन्छ । सत्ता प्राप्त न हुंदासम्म लोकतान्त्रिक शक्तिको धोतिको फेरो समात्छन,जब सत्ता प्राप्त हुन्छ लोकतन्त्रवादीलाई पाखा लगाउंछन । कम्युनिष्टहरु निर्दलीयता कै कदमलाई पछ्याएर राज्यनियन्त्रीत समाज निर्माण गर्न लागि परेका छन । जब सहयात्रीको प्रयोजन सकिन्छ । उसैलाई गोलीको निसाना बनाउंछन । खोक्रो उग्र राष्ट्रवाद र कम्युनिष्ट कन्फ्युजनको चेपुवामा परेको लोकतन्त्रले आफ्नो गतिलिन एकदलीय निरंकुश साम्यवाद र आधुनिक सामाजिक लोककल्याणकारी राज्यको बारेमा बहस हुनु जरुरी छ । यसको बिषयमा नेपाली जनतालाई अवगत गराउनु आवस्यक छ। संघीय सरकारदेखि स्थानीय तहसम्म चरम भ्रष्टाचारको जालो झांगिएको छ । संघीयता मागिखाने भांडो भएको छ। संघीयताले कम्युनिष्ट कार्यकर्ताहरुको आर्थिक रुपमा ब्यबस्थापन गर्ने प्लेटफर्म निर्माण गरिदिएको छ ।
सम्बृद्धिको नाममा कम्युनिष्ट कार्यकर्ताको ब्यक्तिगत समृद्दी भएको छ । वडातह देखि नै तिनका शहरमा निजि घर र निजि गाडि आर्जन भैसकेको छ । आफ्ना बालबालिका शहरका निजि स्कुलमा पठनपाठन गराएका छन ।राजनीति गांउका जनताको सेवा भन्दा पनि समाजमा अरु भन्दा भिन्न प्रतिष्ठित बन्नका लागि जतिसके छिटो धन आर्जन गर्न लागि परेको देखिन्छ । गाउंमा आयश्रोत नै नभएका बेरोजगार,अनपढहरुको पनि आर्थिक अवस्था उलटपुलट भएको छ। प्रधानमन्त्री ओलीले भन्ने गरेको नेपालको अहिलेको वास्तविक समृद्दि ग्राफ यहि हो। यस्तो अराजक प्रबृतिमा उभिएको हाम्रो समृद्दि जग धारासायी भैसकेको छ । कतिबेला गर्ल्याम गुर्लुम ढल्छ भन्न सकिन्न । कम्युनिष्ट अराजकतामा चुलिएको सीमित संख्याको ब्यक्ति र परिवारको समृद्दि देशको समृद्दि सम्भव छैन ।समाजलाई झन आतंकित बनाउछ । सबैका लागि न्यायोचित र समान सअवसर भयो भनेमात्र दिगो सम्बृद्धि सम्भव छ । ओली सरकारले भन्ने गरेको असमान र अन्यायोचित आर्थिक बितरण प्रणालिले सम्बृद्धि होइन नेपालको अर्थतन्त्र भड्खालोमा जाक्ने निश्चित छ।




